Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पूर्व जाने १५ सवारी कारवाहीमा, रुट परमिट खारेजीले उपत्यकामा समस्या

    पूर्व जाने १५ सवारी कारवाहीमा, रुट परमिट खारेजीले उपत्यकामा समस्या

    पहिलोक्लिकपहिलोक्लिकOctober 15, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: यातायात व्यवस्था विभागले बिपी राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने सवारी साधनमा गरेको अनुगमनका क्रममा १५ वटा सवारी साधनले तोकेभन्दा बढी भाडा लिएको फेला परेको छ । अनुगमनका क्रममा चलानी हेर्दा विभागले तोकेभन्दा रु ३०० सम्म बढी भाडा लिएको पाइएको छ ।

    बल्खुबाट हेटौँडा, वीरगञ्जलगायत स्थानमा सञ्चालन हुने टाटा सुमोलगायत साना सवारीले पनि बढी भाडा लिएको गुनासोका आधारमा अनुगमन गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

    अनुगमनका क्रममा बल्खुबाट चल्ने साना सवारीले बढी भाडा लिएको फेला नपरेको विभागले जनाएको छ । सवारीभित्र चढेर तोकेभन्दा बढी भाडा तिर्नुभएको भए जानकारी पाऊँ भनी सोध्दा कसैले बढी भाडा लिएको भनी उजुरी नगरेको प्रवक्ता उपाध्यायले सुनाए।

    विभागले घटस्थापनादेखि गरेको अनुगमनका क्रममा ५१५ सार्वजनिक यातायातलाई कारवाही गरेको छ । कारवाही गरिएका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । सवारीमा बढी भाडा लिने, एउटै सिटको दुईवटा टिकट दिएर यात्रुलाई दुःख दिनेलगायत समस्या आएमा प्रहरीको निःशुल्क नं १०१ र १०३ एवं विभागको हटलाइन ९८५१२७३२२२ मा खबर गर्न विभागले सार्वजनिक आह्वान गरेको छ ।

    यात्रुको गुनासाका आधारमा सम्बन्धित सवारीलाई कारवाही गरिने प्रवक्ता उपाध्यायले बताउनुभयो । चाडबाडका समयमा सार्वजनिक यातायातमा हुने अनियमित रोक्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । एउटै सिटको दुई वटा टिकट दिने सवारीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीस्वरुप रु ५०० जरिवाना गरेको छ । दैनिक एक दर्जन सवारीले यस्तो गर्ने गरेको गुनासो आउने गरेको जनाइएको छ ।

    घटस्थापनादेखि ७८ हजार ९५ सवारीमा सात लाख ५२ हजार ६७२ यात्रु दशैँ मान्न उपत्यकाबाहिर गएको महाशाखाको अभिलेख छ । यसै अवधिमा ६१ हजार २३३ सवारीमा तीन लाख ८१ हजार एक यात्रु उपत्यका भित्रिएका छन् ।

    उपत्यकामा सवारीको समस्या

    विभागले घटस्थापनादेखि ‘रुट परमिट’ खारेज गरेपछि उपत्यकामा सवारीको सङ्ख्या कम भएको यात्रुको गुनासो छ । उपत्यकाका विभिन्न स्थानमा जान सवारी पाइँदैन । पाए पनि चढ्न सकिँदैन । चढेका सवारीले पनि मन लागे जति भाडा असुलिरहेका छन् ।

    विभागले असोज ७ गते समायोजन गरेको सार्वजनिक यातायातको भाडा सूचीअनुसार चार किमीसम्मको भाडा रु १४ हो । सवारीका परिचालकले भने न्यूनतम भाडा रु २० भइसक्यो भन्दै छ रुपैयाँ ठगी गरेको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले बताए ।

    विभाग र प्रहरी उपत्यकाबाहिर जाने सवारीको अनुगमनमा व्यस्त भएको मौका छोपेर राजधानीमै मनपरी भाडा लिइएको हो । विभागले सार्वजनिक गरेको निःशुल्क नं र हटलाइनमा सम्पर्क गरेर जानकारी गराउँदा पनि कारवाही नभएको यात्रुको भनाइ छ ।

    यातायात कम भएका बेला सरकारी, नेपाल प्रहरी र नेपाली सेना एवं विद्यालयका सवारी चलाएर सवारी अभावको समस्या समाधान गर्न सकिनेमा सम्बन्धित निकायको ध्यान नगएको यातायात अभियानकर्मी थापाले बताए ।

    Facebook Comments Box

    यातायात व्यवस्था
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.