Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महीनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप न्यूनीकरणका लागि केही हदसम्म यो विमानस्थलले सहयोग पुग्ने अपेक्षा गरिएको छ । गौतमबुद्ध विमानस्थलको हाल भौतिकतर्फ ५५ प्रतिशत प्रगति…

Read More

काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तको हत्याराको छिटो भन्दा छिटो पत्ता लगाउन माग गर्दै विहिबार महिला तथा युवा अधिकारकर्मीहरुले सिंहदरबारअघि विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले सिंहदरबारको पूर्वीगेटमा प्रदर्शन गरेका थिए। उनीहरुले हत्याराको माग गर्दै सरकारविरुद्ध नारावाजी गरेका हुन्।

Read More

काठमाडौँः दशैको मुखमा चिनीको मूल्य वृद्धि भएको भन्दै विरोध भइरहेका बेला, व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ६३ रूपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको हो । यस्तै चिनीको मूल्य बृद्धिको सन्दर्भमा थप छानविन गर्न समितिले ५ सदस्यीय उपसमिति गठन गरेको छ।उपसमितिका संयोजक लेखराज भट्ट तोकिएका छन । चाडपर्व नजिकिएसँगै चिनी लगायत खाद्य वस्तुको मूल्य वृद्धि भएको भन्दै सो विषयमा अध्ययन र छानविन गरी आउने ७ दिनभित्र प्रतिवेदन बुझाउन समितिले समय तोकेको छ ।

Read More

काठमाडौँ : डलरसँग नेपाली रुपैयाँ पुन: कमजोर भई नयाँ रेकर्ड कायम भएको छ । केन्द्रीय बैंकले आज बिहिबार लागि प्रति अमेरिकन डलरको बिक्री दर ११७.६७ रुपैयाँ र खरीद दर ११७.०५ रुपैयाँ तोकेको छ । असोज ३ गतेको रेकर्ड तोड्दै आज नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो । असोज तीन गतेका लागि केन्द्रीय बैंकले प्रति अमेरिकन डलरको बिक्री दर ११७.०७ रुपैयाँ र खरीद दर ११६.४७ रुपैयाँ तोकेको थियो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ । पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५…

Read More

काठमाडौ: सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित भएकी छिन्। यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । पाठक यसअघि कार्यसमितिको महासचिव थिईन्। कार्यसमितिको महासचिवमा विर्षबहादुर शाही र सचिवमा ठाकुर भण्डारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव दिलराज खनालले जानकारी दिए। उपाध्यक्ष र कोषाध्यक्षको चयन भने आज बस्ने समितिको पहिलो बैठकले गर्नेछ । महाधिवेशनले प्रत्येक प्रदेशबाट आठ सदस्य (चार महिला र चार पुरुष) को प्रतिनिधित्व हुने गरी ५६ र समावेशी सदस्यतर्फ २६ गरी कूल ८२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका निर्वाचित सदस्यबाटै पदाधिकारी…

Read More

काठमाडौँ: काठमाडाैं उपत्यकािभत्र टिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि पुन: घटाएको हो । अब पहिलाकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसअघि, काठमाडौँ जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको थियो भने त्यहीदिन साँझ भक्तपुरमा राति टिपरबाट एक व्यक्तिको मृतु भएपछि निर्णय परिबर्तन भएको हो ।

Read More

काठमाडौँ: टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने भएको छ । नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले स्थानीयस्तरमा प्रविधिको प्रवद्र्धन, सचेतना र इनोभेसनका विविध पक्षलाई समेटेर एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश नम्बर १ लाई मुख्य आधार बनाएर गर्न लागिएको उक्त प्रदर्शनीमा एक सयभन्दा बढीको स्टल रहने आयोजकले जनाएको छ । विराटनगरस्थित जैन भवनमा पुस ६ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रममा स्टार्टअप,…

Read More

काठमाडौँ: मुस्ताङ्ग जिल्लाको जोमसोममा कृषि विकास बैंक लिमिटेडले अनलाईन बैंकिङको शुभारम्भ गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले मंगलबार अनलाइन बैंकिङको औपचारिक सुरुवात गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले स्थानीय जनताको सहयोग भएमा बैंकले बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, पोखराका निर्देशक मोहदत्त शर्मा पौडेलले बैंकले अबका दिनमा मुस्ताङ्गबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे । कृषि विकास बैंकका उप–महाप्रबन्धक प्रताप सुवेदीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको…

Read More

काठमाडौँ: बजेटमा राखिएको प्रवधानविपरीत सांसदहरुले आफुखुशी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ। बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन्। मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमसम्बन्धी नियमावलीमा २० वटासम्म योजना छनोट गर्न सक्ने व्यवस्था गरेको थियो । आजको कान्तिपुर दैनिकमा समााचार छ, सांसदबाट पाारित भएको विनियोजनसम्बधी ऐनविपरीत नियमावली बनाएर सरकारले संसादहरुलई मनलाग्दो खर्च गर्न बाटो खोलिदिएको छ । सांसदहरुले तीनवर्षभित्र सकिने खालका योजना छनोट गरी प्रत्येक वर्ष ४ करोड रुपैयाँ खर्च गर्न पाउने व्यवस्था बजेटमा छ। त्यसअनुसार खानेपानी, सिँचाइ, नदी नियन्त्रण, सडक क्षेत्रका बढमा ५ वटामात्र योजनामा खर्च गर्नुपथ्यो।…

Read More