Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोदन गाउँपालिकाको कार्यालयमा प्राविधिक शाखामा कार्यरत दुई प्राविधिक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इञ्जिनीयर कपिल अर्याल र सबइञ्जिनीयर लक्ष्मण ढुङ्गानाले एक सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिने भन्दै रु ८० हजार घुस लिएको आयोगले आरोप लगाएको छ । उनीहरुलाई घुस लिँदालिँदै पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुलाई बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले आजै हेटौँडा उपमहानगरपालिका–४ का अब्दुल्ला देवान र बाँके कोहलपुरका नवराज थापाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले…

Read More

सोलुखुम्बु: हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ । आज रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ । आज सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन । दर्जनाँै जीप तथा मालवाहक…

Read More

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ । प्रदेश कार्यालय स्थापना भएपछिको आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास गर्नुभयो । सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन कर्मचारीलाई अनुरोध गर्दै मुख्यमन्त्री पौडेलले असन्तोषका कुरा सुन्न नपर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । पौडेलले कार्यलयलाई थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने तथा आगामी दिनमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस…

Read More

काठमाडौँ : प्रविधिको विकाससँगै समयसापेक्ष भन्सार व्यवस्थालाई सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ६७औँ भन्सार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘भन्सार सहजीकरण, वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानामा हुने चोरी पैठारीलाई व्यवस्थित गर्नुपर्ने सुझाउनुभएको हो । विभागका महानिर्देशक तोयम रायाले दक्ष जनशक्तिका साथै प्रविधिको व्यवस्थापन गरी भन्सार व्यवस्थापनमा देखिएका चुनौती समाधान गरिने र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । विभागका निर्देशक मुक्तराम आचार्यले भन्सार जाँचपासमा जोखिम व्यवस्थापन गर्नका लागि भइरहेका प्रयासबारे जानकारी गराए । महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायीलाई भन्सार छुटाउन विभिन्न प्रकारका समस्या आउने गरेकाले त्यसलाई सहज…

Read More

काठमाडौँ: वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन…

Read More

खलङ्गा: जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ । हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको छ । सडकमा हिउँ जमेपछि कर्णाली राजमार्ग तथा नाग्म रारा सडकमा यातायात सेवा बन्द भएको छ । चिसो बढेकाले सर्वसाधारण घरभित्र आगोको साहारमा रहेको चन्दनाथ नगरपालिका एकका बासिन्दा रामप्रसाद नेपालीले बताए । जुम्ला–सुर्खेत, नेपालगञ्ज हवाई उडान मौसमका कारण अवरुद्ध छ । मङ्गलबारदेखि हवाई उडान नभएको सीता एयरका कर्मचारी अशेष भण्डारीले बताए । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ । बैठकमा पदावधि समाप्त भएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीति जस्ता विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसको भ्रातृ संस्था नेविसङ्घ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । काङ्ग्रेसमा नेविसङ्घको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा छलफल जारी छ । नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि…

Read More

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१,…

Read More

बनेपा: पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो । “सुपरम्यान जिपलाइन मेरो बाहेक अरुको छैन”, उहाँले भन्नुभयो, “यो मेरो दावी हो, नेपालमा यस्तो व्यवसाय अर्को छैन, यसमा एक जोडीले एकैपटक हातखुट्टा फैलाएर फ्लाइ(उडेको) जस्तो प्रकृतिमा खेल्न सक्छन्, अरु जिपलाइनमा एक जनाले ‘फूलबडी आर्नेस’मा बसेर खेल्ने हो, यसमा यहाँको जस्तो हेलिकप्टर झैँ उडेर खेल्ने सुविधा छैन ।”…

Read More

काठमाडौँ: आगामी तीन दिन देशको मौसमी अवस्थामा बदली हुँदै सामान्यदेखि हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारसम्मको देशैभरको मौसममी अवस्था यस्तो रहने जनाएको छ । माघ ०९ गते (बुधवार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ । रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि…

Read More