काठमाडौँ: आगामी तीन दिन देशको मौसमी अवस्थामा बदली हुँदै सामान्यदेखि हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबारसम्मको देशैभरको मौसममी अवस्था यस्तो रहने जनाएको छ ।
माघ ०९ गते (बुधवार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
माघ १० गते (बिहिवार)
दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ |
रातिः देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ११ गते (शु्क्रबार)
दिउँसो: देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।