Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सत्तारूढ नेकप (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनबाट आइतबारबाट सुरू हुँदैछ। असार २० गतेसम्म चल्ने महाधिवेशनको आज उद्घाटन सत्र हुनेछ। प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली निस्कने एकीकृत समाजवादीले जानकारी दिएको छ। २०७८ भदौमा नेकपा (एमाले)बाट विभाजन भएर नयाँ पार्टी गठन गरेयता एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन आयोजना गर्दैछ। तथापि एमालेकै निरन्तरता भएकाले यसलाई उसले दसौं महाधिवेशन बताएको छ। एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो। पार्टी…
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र…
काठमाडौँ: भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो ।भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् । एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रूपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल…
गुल्मी: अविरल वर्षापछि आएको पहिरोले गुल्मीमा ४ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको र १ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले बताए । मालिका ६ का वडाध्यक्ष दीपक भण्डारीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको छ । गएराति आएको अविरल वर्षाले पहिरो गएको जानकारी पाएपछि ईश्मा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी…
काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्। उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन्। काठमाडौंको विशेष टोलीले उनलाई काठमाडौंको बौद्धबाट केहीबेर अघि पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले बताए। ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।
काठमाडौँ — उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको स्युचाटारमा निर्माण गरी सञ्चालनमा ल्याएको डाटा सेन्टरको उद्घाटन समारोहमा बोल्दै उनले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका हुन् । मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए । उनले भने, ‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने, अझ अघि बढाउने कुरामा थप योगदान पुग्ने कुरा स्वतः स्पष्ट छ । उर्जा क्षेत्रको विकास सँग-सँगै…
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। भोलि बिहान सडक विस्तार तुरून्त अघि बढाउनुपर्ने मागसहित सामूहिक दबाब यात्रा गर्न लागेका हुन्। उनको यात्रा भोलि बिहान ७ बजेदेखि कलंकीबाट सुरु हुनेछ। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ-बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका छन्।
काठमाडौं: नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया रद्द भएको छ । नाम सिफारिसका लागि गठन भएको समितिको असार १४ को निर्णयअनुसार अहिलेसम्मका सबै प्रक्रिया रद्द भएको हो । समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेकाहरूमध्ये ३ जना अन्तरवार्तामा सहभागी भएका थिएनन् । त्यसपछि समितिले महान्यायाधिक्तासँग राय मागेको थियो । महान्यायाधिक्ताको कार्यालयले योग्यता पुगेका उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो ।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न…