Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उनले भने, “काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्दैन ।” “इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय हुन्छ,” उनले प्रश्न गरे । महामन्त्री डा. कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्दै महामानव विपी कोइरालाको हातबाट लेखिएको पार्टीको विधान संविधानअनुसार परिवर्तन हुन लागेको जानकारी दिए । काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई…

Read More

काठमाडौँ: सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण र हुलाक सेवालाई प्रभावकारी, जनमुखी र जनताको भरपर्दो संस्थाका रुपमा विकास गर्न निर्देशन दिएको छ । समितिका सभापति कल्याणी कुमारीको अध्यक्षतामा बसेको बैठकमा सांसद टेकबहादुर बस्नेत, गणेश पहाडी, रामबहादुर विष्ट, कमला रोका, इन्दु शर्मा, आशाकुमारी विक, मीनाकुमारी सुब्बा, रङ्गमती शाही, जिपछिरिङ लामा, यज्ञराज सुनुवार र महेन्द्रराय यादवले आआफ्नो धारणा…

Read More

काठमाडौं: कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बर्षाैंदेखि अलपत्र परेको डिप्लोमा इन्जिनियर्स काउन्सिल सम्बन्धी ऐन तत्काल संसद्मा पेश गर्ने बताएका छन् । बिहीबारदेखि राजधानीमा डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन)को आयोजनामा सुरु भएको प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलनको उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले डिप्लोमा इन्जिनियर्सको भूमिकाको सह्राहना गर्दै राज्यले डिप्लोमा इन्जिनियरहरुको थप व्यवासयिकता अभिवृद्धिका लागि काउन्सिल स्थापना गर्नेमा ढुक्क हुन आग्रह गरे । उनले प्राविधिक तथा व्यवसायिक शिक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने – ‘शिक्षा विकासको ‘कि’ हो भने प्राविधिक तथा व्यवसायिक शिक्षा ‘मास्टर की’ हो ।’ कार्यक्रममा डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंहले आगामी ५ बर्षभित्र ५ हजार दक्ष प्राविधिक…

Read More

काठमाडौँ: लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए । अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्’ गरे । दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ तयार भएको हो । अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोर्दी खोलामा उत्पादित जलविद्युत् खेर नजाने बताए । वन क्षेत्रको जग्गा…

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् । तीनै जनाले विसं २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नं राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अभियोगमा उनीहरुलाई पक्राउ…

Read More

काठमाडौँ: भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए। नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याउनुभयो । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् । भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क र कोस्टारिकाको झन्डै १० दिन लामो भ्रमण सकेर विहिबार स्वदेश फर्किएका छन् । ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज नेपाल फर्किएका हुन्। भ्रमण दौरान उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र सार्कस्तरीय मन्त्रीहरुलाई समेत साइडलाइन भेट गरेका थिए । महासभालाई सम्बोधन गरेर उनी कोस्टारिकाको भ्रमणमा निस्किएका थिए जहान उनलाई शान्ति विश्वबिद्यालयले उनलाई त्यहाँको मानार्थ विद्यावारिधीको उपाधिसमेत दिएका थिए।

Read More

काठमाडौँ : एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब २० अर्ब ७० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ । बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको…

Read More

काठमाडौँ: ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले ६५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेकामा ९३ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो एक तथ्याङ्कअनुसार वाणिज्य बैंकले २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने २२ खर्ब आठ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्य रकम तीन खर्ब १२ अर्ब रुपैयाँ छ । गत साउन २५ गतेसम्म बैंकले २४ खर्ब ५५ अर्ब निक्षेप सङ्कलन गरेका थिए भने असोज १२ गतेसम्म आइपुग्दा निक्षेपको मात्रा बढेर २५…

Read More

काठमाडौँ: साताको अन्तिम कारोवारको दिन पनि सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से बिहिबार तीन दशमलब २३ अंकले घटेर एक हजार २२७ दशमलब ३७ अंकमा पुगेर बजार बन्द भएको छ । बुधबार नेप्सेमा १० दशमलब ७६ अंकले, आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो भने मंगलबार नेप्से दुई दशमलब ६९ अंकले बढेको थियो । नेप्सेमा लगातार गिरावट आउँदा पूँजी बजारका लगानी कर्ताहरु निराश भएका छन् । आजको कारोवारमा सबै भन्दा बढी होटल समूहको परिसूचक २६ दशमलब ६९ अंक, निर्जीवन बीमा समूहको परिसूचक १४ दशमलब ३ अंकले घटेको छ । त्यसैगरी,…

Read More