Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
कास्की : कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए । चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो तारमा अड्किएको प्रहरीको भनाइ छ । गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नाङ्गो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको…
न्यूयोर्क: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिएका छन्। उक्त अवसरमा उनले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताए । उनले भूपरिवेष्ठित मुलुकको भाग्यलाई भूजडित मुलुकमा परिणत गर्न प्रयास अगाडि बढाउनुपर्नेमा जोड दिए। आजै परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकसँगको दुई पक्षीय बैठकमा भाग लिए। उनले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा अजरवैजानका विदेशमन्त्री एलमार मामादियारोभसँग भेटवार्ता गरे। भेटवार्तामा उहाँहरूबीच दुईपक्षीय सम्बन्ध तथा बहुराष्ट्रिय मञ्चमा आपसी सहयोगका विषयमा छलफल भएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख…
काठमाडौं: एसिया कप क्रिकेटको उपाधि भारतले पुनः एकपटक हात पारेको छ। शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचालेको हो। भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच रन बनाउँदै नटआउट रहे । त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेको थियो । उसको पहिलो विकेट १२० रनमा गुमेको थियो । तर बंगलादेशले ठूलो स्कोर खडा गर्न सकेन । बंगलादेश ४८ ओभर ३ बलमा २२२ रनमा अलआउट भयो । लक्ष्य पछ्याएको भारतले ५०…
काठमाडौँ: अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिए । उनले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि…
वेलिङ्टन, न्यूजिल्यान्ड: प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी (पिएनजी)को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो । पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए । विमानमा यात्रारत एकजना यात्रुले पानीमा डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि विमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए । स्थानीय डुङ्गाहरुले विमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो बिमान माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड (द्वीप)…
भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताए । परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण २४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत ५०८ प्रहरी परिचालन गर्ने उनले बताए । सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने ठाउँ, मठमन्दिर, बस्तीलगायतका स्थानमा उच्च…
कावासोती :पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसचालक बा“के कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीका स्थायी समितिका सदस्यलाई बोलाएर दशैँ, तिहार तथा छठपर्वका उपलक्ष्यमा नेता नेपालले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले भने, “ पार्टीभित्र देखिएको समस्या र चुनौती निराकरण गरी पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्छ ।” नेता नेपालले पार्टीलाई विधि, पद्धति, प्रणाली र प्रक्रियाअनुसार अगाडि बढाउनुपर्ने उल्लेख गर्दै नेपाली जनताले निकै आशा र अपेक्षाका साथ पार्टीलाई मत दिएर जिताएको हुँदा सरकारले मुलुक, जनता र राष्ट्रप्रति गम्भीर भएर दायित्व पूरा गर्नुपर्ने बताएको पार्टीका नेता योगेश भट्टराईले जानकारी दिए। पार्र्टी एकतापछि विकसित…
काठमाडौँ : साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९औं , ३२औँ र ३८औँ, ७१औँ र ७२औैँ मिनेटमा गोल गरिन् । त्यस्तै पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सरु लिम्बूले एक गोल गरिन् । पहिलो हाफमा ६–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा छ गोल ग¥यो । नेपालका लागि ६७ औँ मिनेटमा रश्मीकुमारी घिसिङ, ८२ औँ मिनेटमा एलिसा जाम्बा, ८७ औँ मिनेटमा मञ्जलीकुमारी…
काठमाडौँ : नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरण लागि बृहद् कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन् । दुई देशबीच गठित ऊर्जा संयन्त्रको आजदेखि यहाँ शुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो । दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने र यसले एक महिनभित्र योजना बनाएर पेश गर्ने सहमतिसमेत भएको छ । ऊर्जा संयन्त्रको दोस्रो बैठक चीनमा आयोजना गर्ने सहमतिसमेत भएको छ । मिति भने सहमतिका आधारमा तय गरिने जनाइएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ…