Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: साताको पहिलो कारोबारको दिन आज पूँजी बजारमा सामान्य वृद्धि भएको छ । शेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ६१ अंकले बढेर एक हजार २५७ दशमलब ६८ अंकमा पुगेर बजार बन्द भएको छ । आजको कारोबारमा ब्यापार, बाणिज्य बैंक र होटल समूहको परिसूचक क्रमश: ९ दशमलब ७१ अंक, ८ दशमलब ८४ अंक र ७ दशमलब ४४ अंकले वृद्धि भएको छ । त्यसैगरी, जलबिधुत ६ दशमलब ३९ अंक, बित्त २ दशमलब ४३ अंक र विकास बैंक एक दशमलब ४३ अंकले बढेको छ । यधपी, निर्जीवन बीमा समूहको परिसूचक ६२ दशमलब ६३ अंक, जीवन बीमा २३ दशमलब ४७ अंक र अन्य ८…

Read More

नुवाकोट: देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ । भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो । भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नपा २ का…

Read More

काठमाडौँ : राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिँडारी, जीतेन्द्रनारायण देव र विमला राईले समितिको प्रतिवेदन बैठकअघि नै सांसदलाई वितरण गर्ने व्यवस्था मिलाउन माग गरे । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोरखरेलले प्रस्तुत गरेको…

Read More

काठमाडौँ: नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनीआइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’ मार्फत १००० रुपैयाँको बिलभुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १०,००० रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख…

Read More

काठमाडौँ: फ्राइडे रिलिज भएको नेपाली चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले आइतबारसम्म दुई करोड रुपैयाँको कारोबार गरेको जनाएको छ। वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ वर्षकै सबैभन्दा ठूलो ओपनर सिनेमा रहेको जिकिर गरे। नेपालमा हाली लागु भएको आधिकारिक बक्सअफिस रिपोर्ट प्राप्त नभएपनि निर्माण कम्पनीले उक्त कमाइ गरेको जनाएको हो। प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराको संयुक्त निर्माण रहेको यस फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको छ भने फिल्म हेर्न शुक्रबार र शनिबार राजधानीका हलहरु प्राय घुइँचो देखिएको थियो।

Read More

काठमाडौँ :गरिबी निवारण कोषको सामाजिक परिचालन कार्यक्रम कमजोर भएको र निकास रणनीति पनि स्पष्ट नभएको पाइएको छ । कोषको कार्यक्रमको प्रभाव, संरचनात्मक व्यवस्था र सञ्चालन प्रक्रियाकाबारे राष्ट्रिय योजना आयोगले गरेको मूल्याङ्कन प्रतिवेदनमा समूह विकासको प्रभावकारी अवधारणा नलिइनु तथा सामुदायिक संस्थाको गुणस्तर नहुनुलाई दुर्बल पक्षको रुपमा आंैल्याइएको छ । गरिब तथा पिछडिएका समूहलाई विकास प्रयासमा मूल बाहकको रुपमा संलग्न गराई बहिस्करणमा परेका समूदायलाई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यले २०६३ सालमा उक्त कोष स्थापना गरिएको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने १२ सदस्यीय सञ्चालक समितिले कोषको नीतिगत मार्गदर्शन गर्नाका साथै कार्यक्रम स्वीकृत गर्दछ । कोषले मुलुकका ६६ जिल्लामा कार्यक्रम विस्तार गरी हालसम्म ३२…

Read More

काठमाडौँ: इन्धन आपूर्तिमा सहज भएसंगै नेपाल आयल निगमले इन्धन वितरणमा लगाइएको कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि तेल आपूर्तिमा सुधार भएकोले निगमले आइतबारबाट कोटा प्रणाली हटाएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए । उनले भने-“इन्धन आपूर्ति सामान्य भैसकेको छ र निगमले डिलरले मागे अनुसार इन्धन वितरण गरेको छ ।” इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले असोज ५ गते नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको थियो ।

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएकी छिन्। राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन्। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।

Read More

बेत्रावती: आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।…

Read More

तेहरान, इरान: इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे जनाएको छ । सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ । घटनामा ५३ जना घाइते भएको बताइएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा थप केही वृद्धि हुने बताइएको छ । एएफपी

Read More