काठमाडौँ: अमेरिकामा स्थायी बसोबासका गर्न सन् २०२० का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) भोलि बुधबारदेखि खुल्दै छ।
बुधबार नेपाली समयअनुसार राति ९:४५ बजेदेखि इडीभीको आवेदन समय औपचारिक रुपमा खुल्नेछ। आवेदन गर्ने अन्तिम मिति नोभेम्बर ६, सन् २०१८ अर्थात (कार्तिक २०, २०७५) राति १०:४५ बजेसम्म समय रहेको छ।
नेपाल स्थित अमेरिकी दूतावासका अनुसार आवेदन नि:शुल्क रहेको पनि जनाएको छ। यसमा कुनै परामर्शदाताको आवश्यकता नपर्ने जनाइएको छ। तर आवेदन भर्ना भने कुनै प्राविधिक र विज्ञको सहयोग भने लिन सक्ने बताइएको छ।
समुहगत रुपमा डिभी भर्दा आफ्नो सबै परिवार सदस्यको नाम उल्लेख हुनु पर्ने जनाइएको छ। अविवाहित २१ बर्षभन्दा मुनिका सबैको विवरण अनिवार्य रुपमा भर्नु परे उल्लेख गरिएको छ।
आवेदन भर्दा एक जनाले एक पटक मात्रै आवेदन भर्न मिल्ने छ। दुई दुई पटक भरेमा उक्त आवेदन सोतः रद्द हुने जनाइएको छ।
आवेदन भर्दा आवेदकले आफ्नो हालको फोटो, चस्मा नलगाइएको, कुनै गर गहना र टोपी नलगाएको हुनुपर्ने जनाइएको छ।
आफैले अनलाइनबाट आवेदन भर्न डिभीलोटरी डट इस्टेट डट जिओभीमा गएर आवेदन गर्न सकिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपति निर्वाचन जितेपछि स्थायी आप्रवासनमा रहेका सबैलाई स्वदेश फर्काउने र इडिभी आवेदन बन्द गर्ने घोषणा गरेका थिए।