Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
वेलिङ्टन, न्यूजिल्यान्ड: प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी (पिएनजी)को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो । पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए । विमानमा यात्रारत एकजना यात्रुले पानीमा डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि विमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए । स्थानीय डुङ्गाहरुले विमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो बिमान माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड (द्वीप)…
भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताए । परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण २४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत ५०८ प्रहरी परिचालन गर्ने उनले बताए । सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने ठाउँ, मठमन्दिर, बस्तीलगायतका स्थानमा उच्च…
कावासोती :पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसचालक बा“के कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीका स्थायी समितिका सदस्यलाई बोलाएर दशैँ, तिहार तथा छठपर्वका उपलक्ष्यमा नेता नेपालले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले भने, “ पार्टीभित्र देखिएको समस्या र चुनौती निराकरण गरी पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्छ ।” नेता नेपालले पार्टीलाई विधि, पद्धति, प्रणाली र प्रक्रियाअनुसार अगाडि बढाउनुपर्ने उल्लेख गर्दै नेपाली जनताले निकै आशा र अपेक्षाका साथ पार्टीलाई मत दिएर जिताएको हुँदा सरकारले मुलुक, जनता र राष्ट्रप्रति गम्भीर भएर दायित्व पूरा गर्नुपर्ने बताएको पार्टीका नेता योगेश भट्टराईले जानकारी दिए। पार्र्टी एकतापछि विकसित…
काठमाडौँ : साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९औं , ३२औँ र ३८औँ, ७१औँ र ७२औैँ मिनेटमा गोल गरिन् । त्यस्तै पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सरु लिम्बूले एक गोल गरिन् । पहिलो हाफमा ६–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा छ गोल ग¥यो । नेपालका लागि ६७ औँ मिनेटमा रश्मीकुमारी घिसिङ, ८२ औँ मिनेटमा एलिसा जाम्बा, ८७ औँ मिनेटमा मञ्जलीकुमारी…
काठमाडौँ : नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरण लागि बृहद् कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन् । दुई देशबीच गठित ऊर्जा संयन्त्रको आजदेखि यहाँ शुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो । दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने र यसले एक महिनभित्र योजना बनाएर पेश गर्ने सहमतिसमेत भएको छ । ऊर्जा संयन्त्रको दोस्रो बैठक चीनमा आयोजना गर्ने सहमतिसमेत भएको छ । मिति भने सहमतिका आधारमा तय गरिने जनाइएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ…
काठमाडौँ : विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ । सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ । रुपन्देहीका रामकुमार यादवको शव आज राति नेपाल ल्याइँदैछ । थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । त्यस्तै सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ । बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी, १७ गते…
काठमाडौँ : विश्व पर्यटन दिवसका अवसरमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले डिजिटल पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत ‘पाटा मोटो फोटो कन्टेस्ट–२०१८’ शुरु गरेको छ । लुकेको पर्यटकीय गतिविधिलाई उजागर गरी पर्यटनको नयाँ प्रडक्टका रुपमा विकास गर्ने उद्देश्यले नयाँ अभियान शुरु गरिएको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । विश्व पर्यटन दिवसको ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नारालाई सार्थक तुल्याई डिजिटल प्रवद्र्धन गरी पर्यटकलाई आकर्षण गर्न अभियानले सहयोग पुग्ने उनको भनाइ छ । ‘एक्सप्रोर अन दी अनएक्सप्लोर्ड टुरिजम’ भन्ने अवधारणाका साथ शुरु गरिएको यो अभियानमा प्रविधिमा सामान्य ज्ञान भएका सर्वसाधारण सबैले सहभागिता जनाउन सक्नेछन् । इन्टरनेट र डिजिटल…
म्याग्दी : बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो । ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताए…
काठमाडौँ : भूकम्पपछि पुनः निर्माण शुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घर सम्पन्न भएका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार बाँकी दुई लाख ५९ हजार ९८ घर पुनः निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकाले पुनः निर्माण भएका घरको सङ्ख्या करीब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ । दशैँ तिहारपछि पुनः निर्माण भइरहेका घरको निर्माण सम्पन्न हुने र शुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय…