Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ…
काठमाडौँ : उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ । कार्यालयका अनुसार उपत्यकामा हुने झैझगडा, कुटपिट, चोरी, डकैतीजस्ता घटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ ।…
काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए। कर्मचारीलाई आव २०७४/७५ को सम्पत्ति विवरण बुझाउन यही साउन १ गतेदेखि भदौ २९ गतेसम्मको समयसीमा तोकिएको थियो । भ्रष्टाचार निवारण ऐन –२०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण…
मनिला/वासिङटन: फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उहाँले आशंका गर्नुभयो । मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको…
सल्यान : सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो । मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रुकुमको नुवाकोटमा रहेको मामाघरमा आमासहित गएका उनीहरु घर फर्कने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । खोलाले बगाएर बेपत्ता बनाएका बालबालिकाको इलाका प्रहरी कार्यालय फारुला र स्थानीयवासीले शनिबार रातभरि नै खोजी गरेका थिए । मृतक मोहनको लास शनिबार राति नै फेला परेको…
काठमाडौँ: कुनै बेला सर्वाधिक व्यस्त अभिनेतामा पर्ने गोविन्दा पछिल्ला चार वर्षयता अभिनयबाट ताधियेका छन्। डेब्यु वर्षमै पाँच फिल्मसहित देखिएका गोविन्दाले छोटो अवधिमै धेरै र व्यवसायिक हित फिल्म दिए। बर्सेनि कम्तिमा पाँच फिल रिलिज हुने गोविन्दाको संन् १९८८ देखि दिनवर्षमा ३३ फिल्म रिलिज भएका थिए। पछि राजनीतिमा लागेपछि भने गोविन्दा नेता बढी अभिनेता कम बने। नेपाली चेली सुनिता अहुजासँग विवाह गरी नेपाली फिल्म क्षेत्रबाट ‘ज्वाई’ को सम्मान पाउँदै एक उनी गोविन्दा शनिबार ससुराली देश आएका छन्। उनी हिजो बिहान ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। आइतबार राष्ट्रिय सभा गृहमा हुने एलजी सिने सर्कल अवार्डमा प्रतिनिधिका रुपमा निर्देशक दिनेश डिसी र…
कास्की: पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ । ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता भएका हुन्। आठ जनाको समूहमा पदयात्रामा पुग्नुभएका पर्यटक चिइन चिप्लेर खोलामा बेपत्ता भएको घान्दु्रक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तुलबहादुर गुरुङले जानकारी दिए। टोलीमा गाइड र पोर्टर गरी सातजना नेपाली पनि सहभागी थिए । शनिबार दिनभर उहाँको खोजी गर्दा पनि फेला पार्न नसकिएको गुरुङ बताउँछन्। घटनास्थल प्रहरीचौकीबाट १३ घण्टा पैदल दूरीमा छ । लगातारको वर्षा र साँघुरो खोँच भएकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ…
काठमाडौँ: जेष्ठ नागरिक भत्ता पाउन ७० वर्ष उमेर पुग्नुपर्ने व्यवस्था अव कानूनी रुपमै स्थापित हुने भएको छ। यस्तो प्रस्ताव गरिएको ‘सामाजिक सुरक्षाका सम्बन्धमा’ बनेको विधेयक शनिवार संसदले पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले पेस गरेको विधेयकमा दलित र एकल महिलाले भने ६० वर्षमै जेष्ठ नागरिक भत्ता पाउने उल्लेख छ। समितिमा दफावार छलफलपछि प्रतिवेदनसहित संसद लागिएको बिधेयकमा सरकारले कुनै निश्चित क्षेत्र तोकी त्यहाँ बसोबास गरेन्हारुको उमेर नपुगे पनि त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने जनाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकले लेखेको छ छ।
काठमाडौँ: गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन महासचिव विष्णु पौडेल लागिपरेका छन् । पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । रोकयले यसको पुष्टि गरेका छन् । उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । वामदेवजीलार्य संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु , उनले भने,…
म्याग्दी :म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो । पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले दुई हप्ताका लागि पठनपाठन बन्द गरिएको प्रअ खिमबहादुर छन्त्यालले बताए । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसर कटानको उच्च जोखिममा परेपछि स्थानान्तरणको पहल थालिएको छ । बाढीले कटान गरेर कुइनेमङ्गलको खरिबोटमा चन्द्रबहादुर र यामबहादुर छन्त्यालको घर बगाएको छ…