काठमाडौँ: पूँजी बजारमा आज उत्साहाजनक सूधार भएको छ । शेयर बजार परिसूचक (नेप्से) २२ दशमलब ३७ अंकले बढेर एक हजार २८० दशमलब ०५ अंकमा पुगेर बजार बन्द भएको छ ।
नेप्से परिसूचकसंगै कारोबार रकममा पनि उलेख्य वृद्धि आएको छ । आजको कारोबारमा अन्य समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढेको छ ।
निर्जीवन बीमा समूहको परिसूचक सबै भन्दा बढी ६४ दशमलब ६५ अंक र विकास बैंक ३७ दशमलब ८२ अंकले बढेको छ ।
बाणिज्य बैंक, जीवन बीमा र होटल समूहको परिसूचक क्रमश: २९ दशमलब ५२ अंक, ३७ दशमलब ८२ अंक र ३७ दशमलब ३६ अंकले वृद्धि भएको छ ।
त्यसैगरी, जलबिधुत ७ दशमलब ३४ अंक, बित्त ५ दशमलब ५९ अंक र उत्पादन मूलक समूहको परिसूचक १० दशमलब ९४ अंकले बढेको छ ।
यधपी, अन्य समूहको परिसूचक एक दशमलब ९४ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ९ हजार ७३० कारोबारबाट एक अर्ब ८१ करोड ६६ हजार २२२ रुपैयाँ बराबरका ४२ लाख ४२ हजार ६३३ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।