Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ । २८ बर्षअघि विघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको समाचार आजको कारोबारको पृष्ठ २ मा छापिएको छ । नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमा गर्न मन्त्रिपरिषद बैठकले शुक्रबार नै सहमति दिइसकेको छ । गुप्तचर निकायलाई शक्तिशाली र दलीय प्रभावबाट मुक्त गराउन भन्दै प्रधानमन्त्री केपी ओलीले २०७४ फागुन १६ गते नै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत ल्याइसकेका छन् । २०४७ वैशाख ६ गते कृष्णप्रसाद भट्टराइको अध्यक्षतामा गठित मन्त्रीमण्डलमा गृहमन्त्री रहेका…
काठमाडौं: गत साउन १ गतेबाट नियुक्त हुने सबै राष्ट्रसेवकका लागि योगदानमा आधारित ‘योगदानमूलक निवृत्तिभरण प्रणाली’ अनिवार्य रुपमा लागू गरिने भएपछि कर्मचारी विभाजित भएका छन् । अहिले तलबको १० प्रतिशत सञ्चय कोष काटिँदै आएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नै यो उल्लेख गरेका थिए । राष्ट्रसेवकलाई हरेक वर्ष सरकारले पूर्णरुपमा निवृत्तिभरण उपलव्ध गराउँदा राज्यकोषले धान्न नसक्ने भन्दै अर्थमन्त्री खतिवडाले यो विधेयक बनाइएको उल्लेख गरेका छन् । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । विधेयक ऐन बनेपछि नियुक्त हुने कर्मचारीको मासिक ६ प्रतिशत रकम कट्टा हुनेछ र सरकारले सो रकममा उति नै थपेर अन्य…
दोलखा : दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो । कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्रचार भएपछि ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिङ्गटी सडक निर्माण, भूकम्प पीडितको आवास निर्माण र एडिबीबाट दर्जनौँको सङ्ख्यामा विद्यालय निर्माण भइरहेका काम अलपत्र परेका हुन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम गरिरहेको सिनोहाइड्रो कम्पनीको सब कन्ट्र्याक्टरको क्रसर बन्द गराएपछि राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प हुने भएको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयको अवज्ञा नर्गन जनप्रतिधिलाई…
काठमाडौं: सार्वजनिक पदमा रहेको व्यक्तिले मात्र नभइ समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्ने भएको समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्ने प्रावधानसहित ल्याएको विधेयकलाई संसदको राज्य व्यवस्था समितिले परिमार्जन गरी सार्वजनिक पदमा रहेका, सार्वजनिक रुपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिहरुको विवरणसमेत गोप्य नहुने व्यवस्था राखेको हो । विधेयकमा सम्पत्तिसम्बन्धी विवरण, शैक्षिक योग्यता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायत पहिचान खुल्ने विवरण सार्वजनिक गर्न यो विधेयकले रोकतोक नगर्ने प्रावधान छ । कुनै अपराधको अनुसन्धान वा अभियोजन गर्ने सम्बन्धमा कुनै व्यक्तिगत सूचना वा विवरण प्राप्त गर्न पनि विधेयकले खुला गरेको…
काठमाडौं: निर्माला पन्त बलात्कारपछिको हत्याले झन् गिरीरहेको प्रहरी संगठनको शाख शनिबार साँझ झन् गिरेको छ जव अख्तियारले एकैपटक नौं जना प्रहरीलाई घुससहित रंगेहात पक्राउ गर्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको काँडाघारी र कोटेश्वरमा छुट्टाछुटै अप्रेशन गर्दै नौं जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको हो। घुससहित अख्तियारले पक्राउ गर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत ठिमीमा कार्यरत सुवास ढुंगानासहित ९ जना रहेका छन् । आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकमसहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको हो। लुम्बिनी तन्दुरी भोजनालयबाट आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा…
काठमाडौँ : बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो । यही भदौ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गरेका थिए । बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले एक÷एक पटक प्रतियोगिताको…
काठमाडौं: कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्त बारे अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) अंगुर जिसीसहित पाँच प्रहरी अधिकारी निलम्बनमा परेका छन् । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीद्धारा शनिबार साँझ जारी विज्ञप्तिमा उनीहरुलाई आजैको मितिबाट निलम्बन गर्ने निर्णय गरिएको छ । घटनाको छानबिन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ । डिएसपी जिसी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत तत्कालिन डिएसपी ज्ञान बहादुर सेटीसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । शनिवार साँझ गृह मन्त्रालयले प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार…
काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले आज गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई आजैको…
काठमाडौँ :सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको र एशिया प्रशान्त क्षेत्रको ‘हव’ विमानस्थलका रुपमा निजगढलाई अगाडि सारिएको हो । विमानस्थल निर्माणका लागि चर्चिएको आठ हजार हेक्टर जमीनमध्ये पहिलो चरणमा दुई हजार ५९३ दशमलव ९५ हेक्टर मात्रै जमीन चाहिनेछ । त्यसका लागि एक लाख ९४ हजार ४८० रुख काट्नुपर्ने देखिन्छ । हात्तीलगायत जङ्गली जनावरको जैविक…
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकले “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गरेका थिए। उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनियताको हक व्यक्तिको मानसम्मान र सुरक्षाका लागि आवश्यक भएको बताए । उनले गोपनियताको हक सुरक्षित गर्दा अपराधी नउम्किउन् भन्नेमा पनि सचेततापूर्वक छलफल भएको उल्लेख गरे । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले “सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभयो । त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले “अनिवार्य तथा निःशुल्क शिक्षाविधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभयो । बैठकमा…