Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर 2 रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य बढाएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए । परिबर्तित मूल्य सोमबार रातीदेखि लागु हुने उनले बताए । यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको उनले बताए । आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो।…

Read More

नेपालगञ्ज: राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन्। आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।” अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए। भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।

Read More

काठमाडौँ: धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ । निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरुपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भयो, परीक्षणको रुपमा ‘मोक टे«डिङ’ मात्रै शुरु भएको छ’ प्रमुख कार्यकारी अधिकृत साउदले भने । परीक्षण गर्न मात्रै कम्तिमा डेढ महिना…

Read More

काठमाडौँ: नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । निगमको कार्यालय नयाँ सडक पुगेर उनले पदभार ग्रहण गरेका हुन्। अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गरेका थिए । आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम गर्ने बताए । उनले हरेक विषयमा समेत विवाद गर्ने प्रवृत्तिबाट मुक्त भएर निगमलाई थप भरपर्दो बनाउन प्रयत्नशील रहने विश्वास व्यक्त गरे । निगमले गत असार र साउनमा ल्याएको दुईवटा ‘वाइडबडी’ जहाजको कुशल सञ्चालन र थप जहाज खरीदको प्रक्रिया अगाडि बढाएको छ । दुर्गम…

Read More

काठमाडौँ :गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् । आज राष्ट्रिय मानवअधिकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भीररुपमा लिएको बताए । उनले भने, “मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढेका छन्, तिनको प्रयोगमा मन्त्रालयले कडाइ शुरु गरेको छ ।” मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने पतिबद्धता व्यक्त गरे । उनले भने, “घटना लगत्तै स्थानीय प्रहरीलाई सो घटनाको गम्भीररुपमा…

Read More

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण अझै पठाइएका छैनन् । मन्त्रालयले एक महिना अगाडि सबै स्थानीय तहलाई रिक्त रहेको विवरण पठाउन भने पनि अहिलेसम्म १५ जिल्लाले मात्र सो सम्बन्धी विवरण पठाएको सङ्घीय महाशाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए । मन्त्रालयले एक हप्ताभित्र रिक्त जनप्रतिनिधिको विवरण उपलब्ध गराउने भने तापनि अझै नपठाएको उनले बताए । ‘‘हामीले रिक्त रहेका जनप्रतिनिधिको विवरण जिल्ला समन्वय समितिको कार्यालयमार्फत माग गरेका थियौं’’ उहाँले भन्नुभयो,‘‘तर अहिलेसम्म १५ जिल्लाका विवरण मात्र प्राप्त भएको छ ।’’ उनका अनुसार मोरङ, अछाम, सिन्धुपाञ्चोक, काठमाडौैँ, धनकुटा, डोटी, सिराहा, पर्सा, अर्घाखाँची,…

Read More

काठमाडौँ : नेपालको संविधानअनुसार मौलिक हक कार्यान्वयनका लागि तीन वर्षभित्र निर्माण गर्नुपर्ने आवश्यक कानूनहरु निर्माण कार्य पूरा भएको छ । कानून निर्माण सम्बन्धी जानकारी गराउने उद्देश्यले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मौलिक हक कार्यान्वयनका लागि आवश्यक १६ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा जारी भइसकेको जानकारी दिइयो । सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मौलिक हक कार्यान्वयन गर्न यस सम्बन्धी कानून निर्माण भइसकेको बताउँदै संविधानसँग बाँझिएका कानून निर्माण गर्दा सङ्घ, प्रदेश र स्थानीय तहका बुझाइमा एकरुपता ल्याई निर्माण गर्ने तयारी रहेको स्पष्ट पारे । सार्वजनिक पद धारण गरेका व्यक्तिको…

Read More

काठमाडौँ : सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो । पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ । “संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ जाने क्रममा सोमबार विहान सौर्य एयरलाइन्सको जहाजमा चरा ठोकिएपछि विराटनगरमा ग्राउन्डेड भएको छ। चार चालकसहित ४८ यात्रुसहितको सौर्यको जहाजमा आज चरा ठोक्किएको हो । ९ एनएएमइ कल साइन भएको उक्त जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएपछि बायाँ इन्जिनभित्रको दुई ब्लेडमा क्षति पुगेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालयका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार पाइलटले शुरुमा चरा ठोक्कियो भनेर ‘सस्पेक्ट’ मात्रै भएको र बीचमा डाउट भयो भनेर विराटनगर विमानस्थलमा जानकारी गराएका थिए । जहाजलाई नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकले जाँच गरिरहेको जनाइएको छ ।

Read More

काठमाडौँ: प्राइमलाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकासोरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेको कम्पनीबाट जारी विज्ञप्तीमा जनाइएको छ । उक्त सम्झौता पश्चात प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको देशभर रहेका शाखा कार्यालयहरु बाट उपलब्ध हुनेछन् । हाल प्राइमलाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्व ७८ करोड रुपैयाँ, जिवन बीमा कोष ६ अर्व ५३ करोड रुपैयाँ , कुलप्रिमियम १२ अर्व १९ करोड रुपैयाँ रहेको छ । देशभरका १३५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ…

Read More