Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको मिती तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका उर्जामन्त्री नुर बेक्रीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीअनुसार दुवै देशले उर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमती भएको थियो । नेपालले उक्त सम्झौतालाअनुसार नै सात सदस्यिय संयन्त्र निर्माण गरेको छ । त्यसको सहअध्यक्ष(को–चेयर)मा उर्जा सचिव अनुप कुमार उपाध्याय रहेका छन् । समितिमा उर्जा महाशाखा हेर्ने सह–सचिव, उर्जाकै कानुन हेर्ने सहसचिव,परराष्ट्रमन्त्रालयको चीन महाशाखा हेर्ने…
काठमाडौँ:सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ । सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस प्रणालीले वैदेशिक रोजगारीका क्षेत्रमा पु¥याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी र पहुँचयोग्य हुुनुका साथै गलत सूचनाका आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पु¥याउने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताउनुभयो । उनले भने, “एकीकृत प्रणालीको प्रयोगले रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुने…
काठमाडौँ: एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ टोली नेपाली क्रिकेट टोली आज भारतको लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को निमन्त्रणामा हुन लागेको प्रतियोगितामा खेल्न नेपाली टोली आज भारत प्रस्थान गरेको छ । नेपालले भारतका दुई टोलीसहित अफगानस्तानसँग खेल्नेछन् । आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले आगामी बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने बिहीबार भारतको १९ वर्ष मुनिको ए टिमसँग र भदौ ३१ गते अफगानस्तानसँग खेल्नेछ । नेपाली टोलीमा आशिफ शेख (कप्तान), तृतराज दास, ऋत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, रवी साह, विपिन बराल, लोकेश बम, सागर ढकाल,…
भद्रपुर: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस महासमिति बैठकको मिति पटक पटक नसार्न नेतृत्वलाई आग्रह गरेका छन्। बिपी जयन्तीका अवसरमा काङ्ग्रेस झापा क्षेत्र नं १ द्वारा आज मेचीनगरमा आयोजित विचार गोष्ठीमा उनले भने, “पार्टी केन्द्रीय समितिको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरिसकेको छ, अब त्यसलाई सार्नुहुदैन् ।” केन्द्रीय सदस्य डा कोइरालाले महासमितिको बैठकले पार्टीको नयाँ विधान निर्माण गर्ने भएकाले अहिलेदेखि नै वडादेखि केन्द्रीय तहसम्म विधानमा कस्तो व्यवस्था गर्ने भन्ने विषयमा बहस र छलफल चलाउनुपर्नेमा जोड दिए । दुई तिहाइको अहङ्कार प्रदर्शन गरिरहेको कम्युनिस्ट सरकारलाई अराजक हुनबाट रोक्न…
काठमाडौँ: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ । आज वन मन्त्रालयमा भएको बृहत् छलफलपछि उहाँहरुबीच निजगढ विमानस्थल निर्माणसँगै सो क्षेत्रमा शहर (एयरपोर्ट सिटी) पनि निर्माण गर्दा थप रूख कटान गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको थियो । निजगढमा शुरुमा विमानस्थल मात्र निमार्ण गर्ने निर्णय भएको थियो तर पछि पर्यटन मन्त्रालयले विमानस्थलसँगै शहर पनि निर्माण गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ । छलफलपछि पर्यटनमन्त्री अधिकारीले उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा लैजान वनमन्त्री बस्नेतसँग आग्रह गरेका थिए। मन्त्री बस्नेतले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग…
काठमाडौँ: प्रहरीले नक्कली एटिएम कार्ड प्रयोग गरेर रकम झिक्ने भारतीय गिराेहलार्इ ठमेल क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीले नक्कली एटिएम कार्ड बनाउने चारथान मेसिन समेत बरामद भएकाे छ। महानगरीय प्रहरी परिसर र वृत्त लैनचाैर तथा ठमेलकाे टाेलीले साेमबार बिहान भारतीय गिराेहकाे अखडामा छापा मारेपछि सो धन्दा बाहिरिएको हाे। नेपालमा कार्ड बनाउने मेसिनसहित अाएका उनीहरूले विभिन्न बैंकका काउन्टरबाट रकम निकाल्ने गरेका थिए। प्रहरीले ठमेल सञ्चय काेष भवन नजिकबाट उनीहरूलार्इ नियन्त्रणमा लिएकाे, परिसर प्रमुख बसन्त कुमार लामाले बताए। उनीहरुले विभिन्न एटियम १४ लाख रुपियाँ झिकिसकेको थाहा भएको प्रहरीले जनाएको छ। यस्तो रकम उनीहरुले राजधानीको विभिन्न क्यासिनोमा गएर खर्च समेत गर्ने गरिएको पत्ता लागेको…
काठमाडौं: काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने नाममा निजी तथा कुनै पनि संघसंस्थाले एउटा बिरुवा रोपेर त्यसमाथि व्यापारिक बिज्ञापन राख्ने काम बन्द गर्न निर्देशन दिएको छ। सरकारले आगामी असोज ३ गते संविधान दिवस मनाउनका लागि कामपामा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको कार्यक्रम राखेको छ। मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले ५ फिटभन्दा कम उचाइका विरुवा नरोप्न, रोपिएका विरुवालाई रोप्ने व्यक्ति वा संस्थालाई नै हुर्काउने जिम्मा लिन र…
तनहुँ समाचारदाता बन्दीपुर: हास्य कलाकार बल्छी धु्रब्रे अर्थात मरिचमान श्रेष्ठ स्वदेश तथा विदेशमा हुने सास्कृति कार्यक्रम, मेला तथा महोत्सवमा भ्याई नभ्याई हुन्छ । हालै मात्रै अष्ट्रेलिया समाज गोरखाको नियन्त्रणमा अष्ट्रेलियमा प्रस्तुति दिएर आउनु भएका बल्छी ध्रुबेले बन्दीपुरमा आयोजना गरिएको तनहुँ पर्यटन तथा सास्कृति महोत्सव एवं बन्दीपुर भेटघाट कार्यक्रममा हस्याङ्य फस्याङ्ग गर्दै प्रस्तुति दिन आई पुगे । हतार पनि किन नहोस् अर्को ठाउँको निम्त्यो आईसकेको थियो बल्छी धु्रबेलाई । अब चाडपर्वको समयमा धेरै कार्यक्रम हुन्छन् यतीबेला चाड पर्व धेरै हुने भएकोले व्यस्तता बढेको बल्छी धु्रब्रे बताउनु हुन्छ । बन्दीपुरको कार्यक्रमा हास्यव्यङ्य प्रस्तुति दिई बल्छी ध्रुबेले दर्शक उचाले । विशेष गरी उनले…
काठमाडौँ: संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनीविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।
काठमाडौँ: प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो । कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ । त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ । कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३,…