Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् । कारोबार दैनिकले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताए । जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उनको भनाई छ । अध्यक्ष दाहालले भने, “राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ…
विराटनगर : उच्च अदालत विराटनगरले सनम शाक्य हत्या तथा साढे ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई साधारण तारेखमा आज रिहा गर्ने आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलाई थुनामुक्त गर्ने आदेश दिएको हो । उक्त सुन प्रकरणमा वरिष्ठ उपरीक्षक लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले नौ प्रहरीसहित ६३ जनाविरूद्ध सङ्गठित अपराध ऐनअनुसार मुद्दा चलाएको थियो ।
काठमाडौँ :राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले दुई हजार ३४५ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही सूचीमा समावेश गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आज बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ साल मङ्सिर मसान्तसम्म दर्ता भएका १३ हजार ३७९ गुनासो फछ्र्यौट गरेको हो । बैठकले नौ हजार ८३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी ८५९ गुनासोकर्तालाई सम्भावित लाभग्राही कायम गरेको छ । कार्यकारी समितिले १४ जिल्लाका अति प्रभावित सात हजार ८८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । प्रभावित १६ जिल्लाका तीन हजार ६१७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने,…
काठमाडौँ :गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उनले भने, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको भन्दै उनले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी रहेको बताए । गृहमन्त्री थापाले भने, “कञ्चनपुर घटनामा हामीले शुरु देखिनै ध्यान दिएका हौँ । घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरियो । समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको…
काठमाडौँ :सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्नेे जनाएको हो । सो विमानस्थलको कूल क्षेत्रफल आठ हजार हेक्टर भएपनि विमानस्थलका लागि दुई हजार हेक्टर मात्रै प्रयोग गरिनेछ । विमानस्थलको पेरीफेरीमा अत्याधुनिक शहरसहितका संरचना निर्माण गर्न उक्त परिमाणको जमिन आवश्यक पर्दछ । सरकारले अन्तर्राष्ट्रिय स्तरमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै निजगढलाई ‘हब’ बनाउन खोजेको छ । छिमेकका २२ मुलुकको ट्रान्जिट बनाउने गरी तयारी गरिएको…
काठमाडौँ : सरकारले समाजमा विकृति ल्याउने गरी भइरहेको मदिराको अनिन्त्रित सेवन तथा उत्पादनलाई निरुत्साहित गर्ने भएको छ । गृह मन्त्रालयले आज आयोजना गरेको ‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रणमा सरोकारवाला निकायको भूमिका’ विषयको छलफलमा गृहमन्त्री रामबहादुर थापाले अत्यधिक मदिरा सेवनबाट घरेलु र पारिवारिक हिंसामा बढोत्तरी आएकाले नियन्त्रण आवश्यक भएको बताए । समृद्ध मुलुक निर्माण र संस्कृतिमा लागुऔषध र मदिरा बाधक बनेको उल्लेख गर्दै उनले यसको प्रयोगले समाजमा गम्भीर प्रकारको अपराध जन्माएको बताए । सीमावर्ती क्षेत्रबाट लागुऔषध नेपाल भित्रने गरेको जानकारी पाइएको बताउँदै उनले लागुऔषध भित्र्याउने स्रोतलाई ‘सखाप’ पार्न सरकारले कुनै कसर बाँकी नराख्ने उद्घोष गरे । उनले भने, “लागुऔषधको प्रयोगलाई निषेध…
काठमाडौँ :भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ । लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा टस जितेर नेपालले ब्याटिङ गर्दै ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङ्गवानी र अजयदेव गौडले चार÷चार विकेट लिए । यसअघि बुधबार पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो ।…
काठमाडौँ: विगत लामोसमयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हराएका तथा ट्राफिक कारवाहीमा परी हजारौंले दुख पाएको अवस्थामा अव भने त्यस्तो अवस्थाको अन्त्य भएको छ। यस्तो अवस्थाको फाइदा उठाउँदै स्थानीय बिचौलियाले यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुरबाट त्यस्तो लाइसेन्स खोजिदिने भन्दै मोटो रकम लिने गरेको गुनासो रहेको थियो। यस्तो अवस्थामा सुधार ल्याउनका लागि गोगो (गुड गभर्नेन्स) फाउण्डेसनले सो कार्यालयमा रहेका झन्डै २१ हजार दुई सयभन्दा बढी सवारी चालक अनुमति पत्रलाई डाटाबेसमा राखेर इन्डेक्ससिङसमेत गरी सेवा प्रवाहमा सहयोग पुर्याएको फाउण्डेसनले जनाएको छ। नयाँ व्यवस्थासंगै अब उपरान्त हराएका वा ट्राफिक कारबाहीमा परेका सवारी चालकले सिधै सो कार्यालयको कोठा नं. ७ मा गई आफूसँग भएको ट्राफिक…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकीं छैन्। उनले भने, “ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ” राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् हो भने। उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन्। राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई…
काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ । नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता तोडेको हो । “टेलिभिजनसँगको छलफलमै प्रायोजनसम्बन्धी सम्झौता रद्द भएको छ, हामीले लिग फुटबलका लागि नयाँ सम्झौता गरेका छौँ” एन्फा प्रवक्ता किरण राईले भने । गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि रु पाँच करोडको प्रायोजन सम्झौता भएको थियो जसमा एन्फाले गर्ने सबै प्रतियोगिताको सो टिभीले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । सहमतिअनुसार एपी–१ ले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार…