काठमाडौँ: प्राइमलाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकासोरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेको कम्पनीबाट जारी विज्ञप्तीमा जनाइएको छ ।
उक्त सम्झौता पश्चात प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको देशभर रहेका शाखा कार्यालयहरु बाट उपलब्ध हुनेछन् । हाल प्राइमलाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्व ७८ करोड रुपैयाँ, जिवन बीमा कोष ६ अर्व ५३ करोड रुपैयाँ , कुलप्रिमियम १२ अर्व १९ करोड रुपैयाँ रहेको छ ।
देशभरका १३५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।