Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने छ । नेपालसहित पाकिस्तान, भुटान र आयोजक बङ्गलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बङ्गलादेशले आ–आफ्नो पहिलो खेल…

Read More

काठमाडौँ: झन्डै ४० वर्ष सेनाको जीवनबाट तीन दिनपछि औपचारिक विदाईमा जान लागेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्मानमा शुक्रबार सैनिक मुख्यालयले विशेष बिदाई कार्यक्रम गर्दैछ। कायम मुकायम प्रधानसेनापति पूर्ण चन्द्र थापाले प्रधानसेनापति क्षेत्रीको सम्मानार्थ बिदाई कार्यक्रम राखेका हुन् । कार्यक्रम सैनिक मुख्यालयको हलमा हुनेछ । यसको साथै उनको सम्मानमा विशेष सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गर्नेछ । कार्यक्रममा अवकासपछिको जीवनको पूर्ण सफलताको कामनासहित प्रधानसेनापति क्षेत्रीलाई थापाले विशेष सम्मानका साथ मायाको चिनोसहित बिदाई गर्नेछन् । प्रधानसेनापति क्षेत्रीको सैनिक सेवाअवधि यही भदौ २४ गतेबाट समाप्त हुँदैछ। सरकारले भने रथी थापालाई औपचारिक रुपमा मन्त्रिपरिषद बैठकले प्रधानसेनापति नियुक्त गरिसकेको छ । यस्तै एक महिनाअघि नै क्षेत्रीले आफ्नो सम्पूर्ण…

Read More

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गर्नुभएकामा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सचित राई, मिडफिल्डरमा नितिन थापा, मनिस थापा, जय गुरुङ, सेसहाङ आङदम्बे, सुरज ठकुरी र अनिल महर्जन रहेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । त्यस्तै फरवार्डमा दिनेश हेन्जन (कप्तान), बुद्धबल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ तथा वैकल्पिक खेलाडीमा…

Read More

भोजपुर: नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ । धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटाइएको जिल्ला…

Read More

काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आज बिहिबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११५.११ रुपैयाँ र खरीद दर ११४.५१ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो । अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन…

Read More

काठमाडौं: प्रहरीले राजधानीको स्वयम्भु मन्दिर पश्चिम भागमा रहेको पार्किङ लटमा रहेको निजी कारबाट शव फेला पारेको छ। स्वयम्भु मन्दिर जाने र सरस्वतीको थान जाने बाटोमा रहेको पर्किङ लटमा राखिएको गाडीभित्र शव फेला परेको स्वयम्भु प्रहरी वृतका रहरी निरीक्षक कमल शाहले पहिलोक्लिकलाई जानकारी दिए । मृतक नैकाप काठमाडौँ बस्ने वर्ष ३२ को श्याम श्रेष्ठ रहेका छन् । शव दुई-तीन दिन कारभित्र रहेको, गाडीको चावी र अन्य चिजबस्तु सबैभित्र लक गरिराखेको अवस्थामा शव भेटिएको शाहले बताए । प्रहरीका अनुसार बा. ८ च ७०२१ नम्बरको मारुती स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको छ । भित्रबाट रगत बगिरहेको अवस्थामा…

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ । त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ । लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरले आशयपत्र माग गरिसकेको छ । स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त उपक्रम (ज्वाइन्ट–भेन्चर जेभी) मा असोज १ गतेभित्र आशयपत्र दर्ता गर्न आह्वान गरेको छ । तीनवटै पार्किङस्थल निर्माण भएपछि राजधानीको दरबारमार्ग, न्युरोड आसपास क्षेत्रको पार्किङ व्यवस्थापनमा सुधार…

Read More

काठमाडौँ: सरकारले संघीय निजामति प्रशासनमा अबदेखि उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नगर्ने भएको छ। सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको ‘संघीय निजामती’ सेवाका गठन, सञ्चालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको ‘विधेयक’मा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट प्रवेशमा रोक लगाउन प्रस्ताव गरिएको छ। विधेयकको दफा ८ को निमाजमती सेवाको पदपूर्ति शीर्षकमा सबैभन्दा बढी उपसचिव र सहसचिवको ज्येष्ठता र आन्तरिक प्रतिस्पर्धाका आधारमा बढुवाद्वारा पदपूर्ति गर्न प्रस्ताव गरिएको छ। खुला प्रतियोगिताबाट हुने प्रवेश बन्द गरी २० प्रतिशत अन्तर सेवा, १० प्रतिशत आन्तरिक प्रतियोगिता र ७० प्रतिशत ज्येष्ठताका आधारमा पदपूर्ति गरिने उल्लेख छ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

Read More

काठमाडौँ: कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् । उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर तीन/तीन रुपैयाँ र खान पकाउने ग्यास (एलपीजी) प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । बुधबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य बढाएको निगमले जनाएको छ । मूल्यवृद्धिसंगै पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ, डिजेल/मट्टितेल ९८ रुपैयाँ र ग्यास १४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ बढ्दा तेलको मूल्य बढेकोले निगमले मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । स्वचालित मूल्य समायोजन प्रणाली अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको…

Read More