Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ । यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र सैनिक मञ्च टुँडिखेलमा बसेर हेर्ने व्यवस्थापनको काम गर्दैआएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ । कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसार सर्वसाधारणका लागि बस्नका लागि कुसी, पिउने पानी, र स्वास्थ्योपचार केन्द्र राखिने छ । सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिसकिएको ढकालले जानकारी दिए । बुधबार मनाइने संविधान दिवसका लागि कामपाले केही स्थानमा वृक्षरोपण, सरसफाइ,…

Read More

भोजपुर : पहिरोले विद्युत्गृहको कुलो बगाउँदा दुई सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार बनेको हो । गत भदौं २९ गतेको अविरल वर्षाका कारण आएको पहिरोले करीब ५० मिटर कुलो बगाएको स्थानीयवासीको भनाइ छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पहिरोमा कुनै पनि मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ :रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले  बताए  । “नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ”–उनले भने । सङ्घ संस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चिनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ । उर्जामन्त्रालयमा भएको भेटमा उर्जामन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान द्धिपक्षीय हितका धेरै सम्झौता भएको स्मरण गराउंदै उक्त भ्रमणमा भएका समझदारीहरु अघि बढिसकेको बताए । मन्त्री पुनले सरकारले आगामी १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पुरा गर्न नेपाललाई चिनियां लगानी आवश्यक रहेको धारणा राखे । मन्त्री पुनले पछिल्लो समय…

Read More

काठमाडौँ: सरकारले कालिमाटी तरकारी बजारका ५१ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आज बसेको बैठकले ५१ स्टलहरु खारेज गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । उनले भने-” अनुगमनका क्रममा स्पष्टीकरण सोधिएको मध्ये करण चित्तबुझ्दो नभएका ५१ वटा स्टल खारेज गरेको र २५ वटा स्टललाई सफाइ दिएको छ ।’ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मातहतमा बनाएको बजार अनुगमनका क्रममा रातो सूचीमा परेपछि ९८ स्टल सञ्चालकलाई स्पष्टीकरण सोधिएको थिए । तीमध्ये यसअघि नै ६ वटा खारेजीमा परेका थिए । सरकारले नियमित रुपमा बजार अनुगमन गर्ने र खाली रहेको स्टलहरु वितरण…

Read More

काठमाडौँ: वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए। कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । दिमागको दाँहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ । उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । कलाकार श्रेष्ठको देवे्रपट्टी…

Read More

काठमाडौँ: उतारचढावकाबीच मंगलबार पूँजी बजारमा सामान्य वृद्धि भएको छ । शेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ४१ अंकले बढेर एक हजार २५८ दशमलब ८१ अंकमा पुगेर बजार बन्द भएको छ । सोमबार नेप्से शुन्य दशमलब १३ अंकले घटेको थियो । आजको कारोबारमा बाणिज्य बैंक, होटल र बित्त समूहको परिसूचक बाहेक सबै समुहको परिसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा समूहको परिसूचक ७३ दशमलब ९५ अंक, जलबिधुत ४२ दशमलब १२ अंक र जीवन बीमा १९ दशमलब ६१ अंकले बढेको छ । त्यसैगरी, लघुवित्त ९ दशमलब ४५ अंकले, उत्पादन ८ दशमलब १२ अंक, अन्य २ दशमलब ४२ अंक र विकास बैंक १…

Read More

लेनडाँडा, मकवानपुर, २ असोज (रासस) ः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उनले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको परीक्षा भएकाले चार वर्षभित्रै आयोजना पूरा गर्ने ढङ्गबाट काम गर्न निर्देशन दिए । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरको उक्त राष्ट्रिय गौरवको आयोजना काठमाडाँै उपत्यकालाई तराईसँग राष्ट्रिय सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको राजमार्ग हो । उक्त द्रुतमार्गको प्रारम्भिक लागत अनुमान रु एक खर्ब ११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय…

Read More

काठमाडौं: आजबाट सन् २०१८/१९ को ६४ औं सिजनको रुपमा च्याम्पियन्स लिगका खेलहरु औपचारिक रुपमा सुरु हुँदैछ। खेल हरेक वर्ष युरोपेली फुटबल संघ (युईएफए) ले आयोजन गर्दै आएको छ। गत सालको विजेता रियल मड्रिडको खेल भने विहिबार १२:४५ बजे छ भने आजमात्रै ८ वटा खेलहरु हुनेछन् । आजको पहिलो खेल वार्सिलोना र नेदरल्यान्ड्सको पीएसभी, दोश्रो गेम इन्टरमिलान र टोटनह्यामबीच १०:४० बजे सुरु हुनेछन भने १२:४५ बजे पीएसजी र लिभरपुल, मोनाको र येथ्लेटिको मड्रिड, क्लबब्रग, गालातासरे र लोकोमोटिभ, रेड स्टार बेल्ग्रा र नापोली, साल्के र पोर्टो, येजेक्स र एक एथेन्स, र सख्तर डोनेट र होफेनहेमकबीचका खेलहरु हुनेछन्। खेल होम एण्ड अवेका आधारमा…

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले स्थानीय कर सम्बन्धि पुनराबलोकन गर्न नेपाल सरकारले गठन गरेको समितिलाई १५ बुँदे सुझाब पेश गरेको छ । चेम्बरले समितिलाई घरजग्गाको मूल्यांकन वैज्ञानिक ढंगले यथार्थपरक गरिनु पर्ने, घर बहाल करको दर घटाई ५५ कायम गरी दायरा वृद्धि गर्नु पर्ने र पर्किङ्ग व्यवस्थित ढंगले गरेर मात्रशुल्क उठाउनु पर्ने सुझाब पेश गरेको छ । त्यसैगरी, प्रचलित कानुनले कर उठाउन नपाउने गरी बन्देज गरेको क्षेत्रमा विभिन्न शिर्षकमा शुल्क उठाउने गरिएकोले सो कार्य बन्द गर्नु पर्ने, कर वृद्धि गर्दा साविकमा भएको कर भन्दा अधिकतम १०–१५५ भन्दा बढि वृद्धि गर्न नहुने, कर निर्धारण गर्दा सरोकारवालासंगअनिवार्य रुपमाछलफल गरिनु पर्नेे, सरकारले निःशुल्क भनेको…

Read More