Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत, : कर्णाली प्रदेशमा गरीबको तथ्याङ्क सङ्कलन गरिने भएको छ । कर्णाली प्रदेश गरिबी निवारण समन्वय समितिको आज बसेको बैठकले प्रदेशमा रहेका गरीबको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले विनियोजन गरेको बजेटलाई गरीब मैत्री बनाउन प्रदेशस्थित गरिबीको तथ्याङ्क सङ्कलन गर्न लागिएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिए । प्रदेशभरिका ७९ वटा स्थानीय तहसँग समन्वय गरेर गरिबीको तथ्याङ्क सङ्कलन गरिनेछ, उनले भने, “वास्तविक गरिबीको पहिचान हुने गरी काम गरिनेछ ।” कर्णाली प्रदेश गरिबी निवारण समन्वय समितिको अध्यक्षसमेत रहनुभएका मन्त्री केसीले प्रदेशस्थित सबै मन्त्रालयले विषयगत प्रोफाइल बनाएर तथ्याङ्क सङ्कलन गर्दा अझ सहज हुने…
काठमाडौँ: नेपाल पूर्वाधार विकास कम्पनी तथा चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको संयुक्त विकास सम्झौता भएको छ । पावरचाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशत सम्म लगानी गर्ने सहमती गरेको, पूर्वाधार विकास कम्पनीले जनाएको छ । नेपाल पूर्वाधार विकास कम्पनी तथा चीनको पावरचाइना कम्पनीबीच उक्त सम्झौता २०७५ साल साउन ९ गते भएको थियो । साथै पावरचाइनाले ७५:२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना…
काठमाडौं : बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनीले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै खुसी स —परिवार’ रहेको छ । यो योजना अन्तर्गत बजाज आरइेमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ । हशंराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडृपर्वले मानिसमा उत्साह, उमंग, जुनुन तथा आशा लिएर…
रजैया (मकवानपुर): नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वीय दर्शन र अध्यात्मिक चिन्तनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनु भएको छ । उहाँले आध्यात्मिकतालाई समाज उपयोगी बनाउनुपर्नेमा जोड दिंदै वैराग्यले विकास हुँदैन भने । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मकवानपुरको मनहरी गाउँपालिकाको रजैयास्थित ओम श्री वातावरण सुद्धिकरण अभियान अग्निहोत्राश्रमको बुधबार भएको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वेदमा विज्ञानको कुरा रहेको र त्यहाँ गरिएको परिकल्पना समाजवादभन्दा फरक नभएको बताए । ठूला कुरा गरेर आएकाहरुले सानातिना कुरापनि नगरेको भन्दै वर्तमान सरकारसँग जनता खुशी नरहेको बताउँदै उहाँले काठमाडौँमा धुलो र हिलो देखेर सरकारलाई गाली गर्ने गरेको बताए । उनले भने, सडक निर्माणमा…
हेटौँडा : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताएका छन् । मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले भने, “अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना छ ।” पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उनले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताए । वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने उहाँको भनाइ छ । अहिले जनता सरकारप्रैति खुशी नरहेको बताउँदै उनले भने, “काठमाडौँको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन् । अब यो वर्षायाम सकिने बित्तिकै…
कञ्चनपुर: कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डमा तत्कालिन एसपी दिल्लीराज विष्टका छोरा र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा घटनामा संलग्नता नरहेको जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर सिह कडायतले आफ्नै कार्यकक्षमा संचारकर्मीसंग घटना बारे कुराकानी गर्र्दै एसपी विष्टका छोरा किरण र मेयर विष्टका भतिजा आयुसको संलग्नता नरहेको अनुसन्धानले देखाएको बताए । निर्मला हत्याकाण्डमा केही अनलाईन र समाजिक सञ्जाल फेसबुकमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको नाम आएको विषयमा एसपी कडायतले उनीहरु दुवैमाथी पनि सुक्ष्म अनुसन्धान भईरहेको बताए । उनीहरु दुवैमाथी विभिन्न कोणबाट अनुसन्धान भईसकेको…
भीमदत्तनगर : कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ । घटनाको छानबिनका लागि केही साता अघि भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान तीव्ररुपमा अगाडि बढाइरहेको छ । अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको छ, सहसचिव मैनालीले भने, “अब प्रतिवेदन लेख्ने काम शुरु भएको छ ।” त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पनि आफ्नै ढङ्गबाट…
काठमाडौँ: सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले दुई अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका (नगरपालिका÷गाउँपालिका) मार्फत कार्यान्वयनमा आउने छ । यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरण सफलतापूर्वक…
काठमाडौँ :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गरे । यही भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो । नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उनले भने, “बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य…
काठमाडौँ: साताको शुरुवातीदेखि निरन्तर सुधार आएको पूँजी बजारमा आज दोहोरो अंकको सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) २३ दशमलब ८९ अंकले बढेर एक हजार २३४ दशमलब १३ अंकमा पुगेको छ । आइतबार नेप्से ८ दशमलब ५९ अंकले, सोमबार १५ दशमलब ९८ अंकले र मंगलबार ३ दशमलब दशमलब ९८ अंकले बढेको थियो । सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक १६२ दशमलब ६७ अंकले बढेको छ । त्यसैगरी, लघुवित्त ४२ दशमलब ०९ अंक, जलबिधुत ३९ दशमलब ७९ अंक, विकास बैंक ३० दशमलब ७९ अंक, बाणिज्य बैंक २२ दशमलब ७४ अंक, होटल १० दशमलब ११ अंक र बित्त ९ दशमलब ५२…