काठमाडौँ: विगत लामोसमयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हराएका तथा ट्राफिक कारवाहीमा परी हजारौंले दुख पाएको अवस्थामा अव भने त्यस्तो अवस्थाको अन्त्य भएको छ।
यस्तो अवस्थाको फाइदा उठाउँदै स्थानीय बिचौलियाले यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुरबाट त्यस्तो लाइसेन्स खोजिदिने भन्दै मोटो रकम लिने गरेको गुनासो रहेको थियो।
यस्तो अवस्थामा सुधार ल्याउनका लागि गोगो (गुड गभर्नेन्स) फाउण्डेसनले सो कार्यालयमा रहेका झन्डै २१ हजार दुई सयभन्दा बढी सवारी चालक अनुमति पत्रलाई डाटाबेसमा राखेर इन्डेक्ससिङसमेत गरी सेवा प्रवाहमा सहयोग पुर्याएको फाउण्डेसनले जनाएको छ।

नयाँ व्यवस्थासंगै अब उपरान्त हराएका वा ट्राफिक कारबाहीमा परेका सवारी चालकले सिधै सो कार्यालयको कोठा नं. ७ मा गई आफूसँग भएको ट्राफिक चिट देखाएपछि आवश्यक राजश्व तिरेर सजिलै आफ्नो लाइसेन्स लिन सकिने, फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले जानकारी दिए।