Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । तस्बिर: विकास श्रेष्ठ एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले…
काठमाडौँ: एकाबिहानै काठमाडौँबाट फोहोर बोकेर गएको ट्रकले एक महिला थाकार दिएपछि महिलाको मृत्यु पछि ओखरपौवामा अहिले तनाव उत्त्पन्न भएको छ । फोहोर बोकेर गएको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीलाई ठक्कर दिएपछि स्थानीयले अहिले त्यहाँ कुनै पनि सवारी चल्न दिएका छैनन् । घटनापछि फोहर बोक्ने काम पनि अवरुद्ध भएको छ । स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको जनाएको छ । स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने सवारी दुवैतर्फ रोकिएका छन् । घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन…
इनरुवा: सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षिया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरे । मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा…
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन् । तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि हिजो शनिबार पहिलोपटक सुर्खेतको दशरथपुरस्थित ब्यारेक पुगेका मुख्यमन्त्री शाहीले जनसेनाको शिविर संरक्षण गरेर युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने बताए । लडाकुहरु अर्थात् जनसेनाले प्रयोग गरेका संरचनालाई संरक्षण गर्न जरुरी रहेको मुख्यमन्त्री शाहीले बेताए । “यसलाई संरक्षण गर्न जरुरी छ”, उनले भने । आफूले छैटौँ डिभिजनको नेतृत्व गरिरहँदा रसिया, अमेरिकालगायतका देशका विद्यार्थीले लडाकुबारे अनुसन्धान गरेको बताउँदै उनले इतिहासलाई बचाउन लडाकुले प्रयोग गरेका सबै संरचनालाई संरक्षण गर्नुपर्ने बताए । उहाँले भन्नुभयो, “हाम्रो यो शिविरलाई विदेशीबाट समेत…
काठमाडौँ: आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा यति धेरै रकम खर्च भएको दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ । अहिलेको मन्त्रीहरुले पनि जिल्ला भ्रमण गर्ने क्रम बढाएपछि राज्यकोषको रकम भ्रमणमा धेरै खर्च हुन थालेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। अहिलेको मन्त्रीहरुको संख्या वितगतका मन्त्रिपरिषदभन्दा थोरै भएकाले समग्र खर्चमा अब कमी आउने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले दावी गरे।,…
काठमाडौँ: कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही जटिल भए पनि अपराधी पत्ता लाग्नेमा उनी विश्वस्त छन्। सुरुमै घटनास्थलमा गएको भए एउटा माइन्ड सेट बनेर अनुसन्धान गर्न सहज हुने थियो तर अपराधी पत्ता लगाउने कुनै न कुनै आधार फेला पर्ने उनी बताउँछन्। पोस्टमार्टम रिपोर्ट, नियन्त्रणमा लिएका रोशनी र बबिता बम दिदीबहिनीको…
काठमाडौँ: नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ। ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला (एम ६०) र चारवटा साना (वाई १२) छन्। निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो मात्रै उडाउने गरेको छ भने चारवटा ग्राउन्डेड छन्। त्यसैगरी ३० वर्षअघिको ट्वीनअट्टर विमान पनि साउन १८ देखि एयरपोर्टमा ग्राउन्डेड छ। कुनै बेला १२ वटासम्म रहेका ट्वीनअट्टर अहिले तीनवटा मात्र बाँकी छन्। बाँकी…
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाकैरुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने हुँदा अनावश्यक व्यक्ति प्रवेश नगर्न अनुरोध गरेको छ । कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्नेछन् । यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश सुविधा सम्मेलन अवधिभर नहुने विमानस्थलका…
काठमाडौँ: इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आज तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् । यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेस्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेस्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् । क्लिन एन्ड जर्कमा…
भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्युको समय तालीममा फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए । विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको थियो । यहाँ शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कफ्र्यु लगाउन थालिएको हो । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कफ्र्यु लगाइँदै आएको छ । भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच…