Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्ष नियुक्त गर्न सफिारिस गरिएको समाचार आजको नागरिकमा छापिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुई जना सहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो । मन्त्रालय उच्च स्रोतका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष पद नियुक्ति गर्न बनेको सिफारिस समतिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रस्तावमा काम गर्न नसकेको भनेर सरकारले झालाई हटाएको थियो । अहिले मन्त्री बाँस्कोटाकै जोडबलमा झालाई अध्यक्ष पदमा पुनः नियुक्ति…
काठमाडौँ: बिम्स्टेकको दुई दिने शिखर सम्म्लेनले दक्षिण एसिया र दक्षिणपूर्वीलाई जोड्न ब्यापार, उर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिवद्धता जाहेर गर्ने भएको छ। सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा उर्जा, ब्यापार, पर्यटन, प्रविधि तथा कृषीलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उधेश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ । सम्मेलनको पुर्वसन्ध्यामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यान्मार र थाइल्याण्डका विदेशमन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै बुधबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कनेक्टिभिटी, ब्यापार, पर्यटन, उर्जा र कृषीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरे ।
काठमाडौँ: सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले आज बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीको पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सरकारले शङ्काको भरमा बाजेको सेकुवा शाखामा तालाबन्दी हुँदा सो निर्णय खारेज गर्न आदेशमा माग गरिएको थियो । आदेशमा नेपालको संविधानमै पेशा तथा व्यवसाय गर्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुँदा सरकारले…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ । आयोगले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक चूँडामणि केसी र बालज्योति निम्न माध्यमिक विद्यालय साँडेपानी, कैलालीका शिक्षिका कमला कुवँरविरुद्ध आरोपपत्र दायर गरेको हो । नायब निरीक्षक केसीले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट प्राप्त गरेको ‘इन्टरमिडियट’को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अनुसन्धनबाट भेटिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग दाबीसहित आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी…
काठमाडौँ: सात सय ५० मेगावाटको पश्चिम-सेती जलविद्युत् आयोजनाबटा अन्तत: चिनियाँ कम्पनी थ्रीगर्जेजले रद्ध गरेको छ । चिनियाँ कम्पनी थ्रीगर्जेजले ६ वर्ष सो परियोजना गर्ने भन्दै हाल आएर नगर्ने जनाएको हो । यसअघि अष्ट्रेलियाले १६ वर्ष ओगटेर सोहि परियोजना छोडेर भागेको थियो । आयोजना निर्माणका विषयमा सहमति खोज्न लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्टका अधिकारीबीच राजधानीमा दुई दिन वार्ता भएको थियो । आयोजना निर्माणका विषयमा समझदारी भएको लामो समय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्योलता बढेको थियो । द्विपक्षीय वार्ताका लागि चिनियाँ अधिकारी सोमबार यहाँ आएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले…
काठमाडौँ : सडकका खाल्डाखुल्डी मर्मतसहित विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नभएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन समेत निर्देशन दिएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सो कार्यालयले हिजो मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम…
काठमाडौंः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, न्यूरोड शाखामा कार्यरत वरिष्ठ र कनिष्ठ सुन जाँचकर्ताहरु तथा सुन ऋणीहरुको मिलेमतोमा धितो वापत राखिएको सुन चलाएको अभियोगमा बैंकका कर्मचारीसहित पाँच जना पक्राउ परेका छन । सुन ऋण चुक्ता नहुदै फिर्ता दिने तथा अपुग सुन समेत राखि विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा सात किलो २८ ग्राम बराबरको सुन अपुग हुन गई बैकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ ५२ पैसा बैंकिङ प्रकृया विपरित हानीनोक्सानी पुर्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा सो बैकका वरिष्ठ सुन जाँचकर्ता भक्तपुर खोमावहाल भई हाल काठमाडौ २५, बस्ने वर्ष २६ का सामिन…
काठमाडौँ: पूँजी बजारमा आज पुन गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) ४ दशमलब ७९ अंकले घटेर एक हजार १७२ दशमलब ३० अंकमा झरेको छ । आइतबार नेप्से २ दशमलब ७८ अंकले घटेको थियो मंगलबार एक दशमलब ३७ अंकले बढेको थियो । आजको कारोबारमा सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३८ दशमलब १८ अंक, निर्जिबन बीमा २८ दशमलब ४ अंक र उत्पादन मूलक समूहको परिसूचक १७ दशमलब ०६ अंकले घटेका छन् । त्यसैगरी, लघुवित्त ९ दशमलब ६३ अंक, विकास बैंक ७ दशमलब ९७ अंक, बाणिज्य बैंक २ दशमलब ४८ अंकले घटेको…
काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले हारेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर १२ बल बाँकि छदै भेट्टाएको हो ।
जकार्ता: नेपाली खेलाडीहरुलाई एसियन गेम्समा पदकको खडेरी लागिरहेको अवस्थामा नेपालका टिम इभेन्ट अन्तर्गत प्याराग्लाइडिङमा रजत पदक हात पार्न सफल भएको छ । नेपलाली प्याराग्लाइडिङको टोलिमा युकेश गुरुङ, बिमल अधिकारी, बिजय गौतम, सुशील गुरुङ र बिशाल थापा रहेका छन् । नेपालले जम्मा २७ पोइन्ट प्राप्त गर्दै सो पदक हात पारेको हो । स्वर्ण पदक भने जापानी टोलिले हात परेको छ । यो नेपालको एसियन गेम्समा पछिल्लो दुई संस्कारण पछिको सफलता हो । यो नेपालको इतिहाँसमै एसियन गेम्सका लागि पनि दोश्रो रजत पदक हो । यसअघि नेपाललाई सबिता राज भण्डारीले बैंककमा भएको खेलमा रजत दिलाएकी थिइन् । नेपालले एसियन गेम्समा पदक जितेको…