Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आज तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् । यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेस्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेस्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् । क्लिन एन्ड जर्कमा…
भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्युको समय तालीममा फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए । विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको थियो । यहाँ शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कफ्र्यु लगाउन थालिएको हो । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कफ्र्यु लगाइँदै आएको छ । भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच…
कञ्चनपुर: कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर शुक्रबार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीमा १७ बर्षिया सन्नी खुनाको महाकालीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । आईतबार महाकाली नदीमा धार्मिक परम्परा अनुसार खुनाको अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ । सरकारले खुनालाई शहिद घोषणा गरेपछि परिवारजनले आईतबार बिहान शव बुझ्दै महाकाली अञ्चल अस्पतालबाटै सिधै महाकाली लगेका थिए । मृतक खुनाका बाबु बीर खुनाले दागबत्ति दिदै छोराको अन्त्येष्टी गरेका छन् । खुनाको खुट्टा, छातीमा गोली लागेको थियो । शुक्रबार साँझ ५ बजेतिर ट्राफिक चोक क्षेत्रमा गोली लागेका खुनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा एक घण्टापछि…
काठमाडौँ: तीन दिन अघि प्रहरीको गोलि लागि मृत्यु भएका १४ वर्षीय बालक सन्नी खुनाको आज दाहसंस्कार गरिएको छ । सरकारले हिजो खुनालाई शहिद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतीपूर्ति दिने घोषणा गरेसँगै खुनाका परिवारले उनको शव आज बुझेर अन्तिम संस्कार गरेको हो । शनिवार बसेको कंचनपुरमा सर्वदलीय बैठकमा भएको सहमति अनुरुप उनलाई हिजै बसेको संघीय सराकारले खुनालाई शहिद घोषणा गरिएको हो । उनको महाकाली नदी किनारको ब्रह्मदेवमा दाहसंस्कार गरिएको थियो । तस्बिर: राजेन्द्र अवस्थी
जनकपुरधाम: प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएको हो । मन्त्री यादव आफै बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिएका छन् । संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि सङ्घीय सरकार मातहतका कार्यालयले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गरेको मन्त्री यादवले बताए। (फोटो उपलब्ध छ)
काठमाडौँ: निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् । उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५,…
रौतहट: रौतहटको लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ । अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल रहेको प्रहरीले जनाएको छ । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् ।
कञ्चनपुर:कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो । पाँच घण्टाका लागि कफ्र्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।
बागलुङ :स्थानीय तहमा बैङ्क पु¥याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा पु¥याएको थियो । बागलुङकै देवी भट्टचन अध्यक्ष रहेको प्रभु बैङ्क दशवटै स्थानीय तहमा शाखा खोल्ने तयारीमा छ । प्रभुपछि ग्लोबल आईएमई बैङ्कले चार स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । बागलुङकै चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबलले पनि अन्य स्थानीय तहमा पनि शाखा पु¥याउने…
काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन । जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छौँ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘सार्वजनिक बिदाभन्दा पनि विद्यालयहरु बिदा दिँदा सवारी आवागमन सहज हुन सक्छ ।’ विद्यार्थीको समस्यालाई ध्यान दिएर विद्यालय बिदा दिने तयारी भएको जानकारी दिँदै उनले सवारी व्यवस्थापनको विकल्पबारे छिटै टुङ्गो लाग्ने बताए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । सम्मेलन आगामी बुधबार र…