Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
- माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन
- उद्धारमा खटिएका हेलिकप्टरलाई ४० हजार ८४० लिटर हवाई इन्धन
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले यही साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने…
काठमाडौं: शुक्रबार प्रधानन्यायाधीशमा अस्वीकृत भएका दिपकराज जोशीले शनिबार आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन हुनु पर्ने माग गरेका छन् । आज उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै उनले सो कुराको माग गरेका हुन् । सुनुवाईका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी धारणा बनाउँदा आफू अन्यायमा परेको जोशीको गुनासो छ । आफूले परीक्षा दिएको परीक्षा बोर्डबाट रुजु नै नगरी हचुवाको भरमा चर्चा गरिएको र त्यसको आधारमा धारणा बनाउँदा आफूसँगै बोर्ड र न्यायपालिकाकै मानमर्दन भएको जोशीको तर्क छ । यता जोशी आइतबारबाट विदा बस्ने भएका छन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार जोशी तत्कालका…
भक्तपुर: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी छिन् । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वश्वसहित जन्मकैदको सजाय हुने बताईन । महिलाको अधिकार र संघर्षका माध्यमबाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै उहाँले महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको बताईन। मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रूढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाका रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस…
तेह्रथुम : स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रत्यक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उनको भनाइ थियो । एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा…
काठमाडौँ: अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो । गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय लिग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप एन्फाले लिग सञ्चालनका लागि पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक शर्माको संयोजकत्वमा समिति गठन ग¥यो । समितिले क्लबसँग विभिन्न चरणमा गरेको छलफलपछि लिग शुरु हुने मितिसमेत तय गरेको हो । ‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउने लिग ‘रेलिगेसन’…
काठमाडौँ: सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराई सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । त्यसयता दुई वटा सरकार परिवर्तन भइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली पुनः प्रधानमन्त्री भएपछि तुइन विस्थापन अभियानले गति लिएको छ । तर कठिन भौगोलिक बनावट र न्यून बजेटका कारण तुइन विस्थापन भएका स्थानमा लामालामा झोलुङ्गे पुल निर्माणमा केहि ढिलाइ भएको हुन सक्छ…
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा म्युचुअल फण्डमध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । धितोपत्र बजारमा कारोबार भइरहेका ती फण्ड अन्य संस्था वा कम्पनीको जस्तै खराब अवस्थामा रहेका छन् । अधिकांश म्युचुअल फण्डको अवस्था आधारभूत मूल्यभन्दा तल रहेका कारण लगानीकर्ताले नाफा पाउने अवस्थासमेत कमजोर बन्न पुगेको छ । स्टकको पछिल्लो बिहीबारको विवरणलाई हेर्ने हो भने कूल १३ मध्ये चार वटा म्युचुअल फण्ड मात्रै आधारभूत मूल्यभन्दा माथि रहेको छ । नौ वटा त्यस्ता सामूहिक लगानीका लागि स्टकमा सूचीकृत म्युचुअल फण्ड भने आधारभूत मूल्यभन्दा तल रहेका छन् । म्युचुअल फण्डको आधारभूत मूल्य प्रतिएकाइ १० रुपैयाँ हुने…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए । नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “विमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्र्छौं ।” प्रधानमन्त्री ओलीले उद्यमी र…
जुफाल, डोल्पा : केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताए । “अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुश्किलले जम्मा १०÷१२ वटासम्म उडान हुन्छ” उहाँले भन्नुभयो । “हवाई उडान अनियमित हुनुमा बिग्रदो मौसम नै हो” उनले भने । मौसमकै कारणले…
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताए । ‘‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौँ’’, उनले भने । छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण…