काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरको सूर्यविनायकको जंगलमा भएको प्रहरी इन्काउन्टर ‘फेक’ भ्रामक नभएको प्रतिक्रिया दिएका छन् ।
चितवनमा नेपाल प्रहरीको एक कार्यक्रमलाई सम्बोधन गर्न जानु अघि बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै शुक्रबार गृहमन्त्री बादलले भने, सरकारले इन्काउन्टरबारे पोजिसन प्रस्ट पारेको छ २४ घण्टा भित्रै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ।
“प्राप्त रिपोर्ट अनुसार उनीहरु (निशान खड्का अपहरण र हत्याका आरोपी गोपाल तामाङर अजय तामाङ) मुठभेडमा नै मारिएका हुन्,” गृहमन्त्री बादलले भने ।
गृहमन्त्री बादल चितवनमा अवस्थित नेपाल प्रहरीको तालिम केन्द्रमा आयोजित जुनियर प्रहरी अधिकृत शिक्षालयको दीक्षान्त कार्यक्रमका लागि त्यहाँ पुगेका हुन् ।
