Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो। जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक ९डीआईजी० दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन्। घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका…

Read More

काठमाडौँ: प्रधानमन्त्री अल्पतमा परेपछि प्रतिनिधि सभामा विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा (२) कि (३) अनुसार सरकार गठन हुन्छ भन्नेमा बहस जारी छ। यता, नव गठित नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार उपधारा (२) अनुसार नै हुने भन्दै कम्तीमा १७८ सांसदको हस्ताक्षर तयार गरेका छन्। युक्त सांसदहरूको हस्ताक्षरसहित धारा ७६ (२) अनुसार सरकार गठनको दाबी गरिने कांग्रेस स्रोतले जानकारी दिएको छ। सरकारलाई समर्थन गर्ने ठूलो दलले साथ झिकेपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। तर, उनले विश्वासको मत पाउने सम्भावना नभएपछि प्रतिनिधि सभाको ठूलो दलले संविधानको धारा ७६ (३) अनुसार सरकार…

Read More

काठमाडौँ: युरोपियन कपको पहिलो सेमिफाइनलमा गएराती स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पाखा लगाउंदै फाइनल यात्रा तय गरेको छ । म्युनिखको म्युनिख फुटबल एरिनामा भएको पहिलो सेमिफाइनल नेपाली समयअनुसार राति पौने १ बजे सुरु भएको खेलमा खेलको ८ औं मिनेटमै फ्रान्सले लिएको थियो भने त्यसको पहिलो हाफको २१ मिनेटमा स्पेनले बराबरी गोल फर्काएको थियो भने पुनः त्यसको केहि मिनेटमा पुन: स्पेनले दुई गोल गर्दै अग्रता कायम गर्यो। दोश्रो हाफमा कुनै पनि गोल हुन नसकेपनि दुवै टोलिले गोलका अवसरभने निकै बनाएका थिए। समूह बीमा रहेको स्पनेले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे । उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको बताए । त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको उनले बताए । राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको उनको भनाई छ । राष्ट्र बैंकका सीमा, कार्यादेश तथा परिधिभित्र बसेर आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारीमा रहेर…

Read More

काठमाडौँ: नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) गजुरी, धादिडले पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति ५ घण्टा बन्द हुने सूचना जारी गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत नौबिसे -मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलहरूको मर्मत गर्नुपर्ने भएकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले ५ घण्टा बन्द गर्नुपरेको सूचनामा उल्लेख छ। असार २६ देखि साउन ९ गतेसम्म हरेक राति बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारी साधनहरूलाई पूर्णरूपमा रोकिने सूचनामा लेखिएको छ। एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्र चल्न पाउने भनिएको छ। सम्पूर्ण सवारी चालकहरूले आफ्नो…

Read More

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८०मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो । पेस…

Read More

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको छ। मंगलबार केन्द्रीय कार्यालय च:मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय गर्दै उक्त निर्णय चित्त नबुझेमा पुनरावलोकनका लागि ३५ दिनभित्र निवेदन दिनसमेत समय दिएको छ। पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार साधारण सदस्य कायमै राखेर महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट ढकाललाई पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको छ। पार्टीबाट पदमुक्त भएपछि ढकालले प्रतिक्रिया दिँदै ‘रवि लामिछाने क्लबबाट निस्कासनमा परेको’ बताएका छन्। ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,’ ढकालले भने। ढकालले ३९ जिल्लाका…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई कारबाही गरेको छ। मंगलबार च:मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो। ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको उनले जानकारी दिए। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो। झाका अनुसार ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय भएको हो। ‘पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी…

Read More

मोरङ: मोरङको विराटनगरमा एकजना युवकको हत्या भएको छ। गएराति दुई समूहबचि झडप हुँदा एक युवकको मृत्यु र दुई युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको चोट छ। ‘मृत्यु हुने युवक मोरङकै कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामत हुन्,’ डीएसपी बस्नेतले नेपालखबरसँग भने, ‘कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्। उनीहरुको शरीरमा धारिलो हतियारको चोट छ।’ घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ‘गएराति देखिको खोजतलासपछि हामीले तीन युवकलाई पक्राउ गरेका छौँ,’ बस्नेतले भने, ‘राति एक्कासी…

Read More

काठमाडौँ: काठमाण्डौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराएतापनी कर नबुझाउने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको हो । महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर बुझाउन निर्देशन दिएको छ । पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । उक्त कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

Read More