Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ ।यही शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन लागिएको थियो । तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।सडक विभागको उक्त कदमले आक्रोशित मेयर साहको निर्देशनमा सडक विभाग र डिभिजन कार्यालय काठमाडौंमा धुलो पोखिएको थियो । तर अब मेयर साहको उक्त कदम अनुचित भएको भन्दै न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका छन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन…
काठमाडौँ:सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेश तय गर्न बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीसहित सत्तापक्षका शीर्ष नेताहरुसँगको छलफलमा कांग्रेस लचिलो भएर प्रस्तुत भएको सहमहामन्त्री तथा कार्यदल सदस्य जीवन परियारले जानकारी दिए । उनले जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले कांग्रेस सत्तापक्षसँग लचिलो भएर प्रस्तुत भएको तर सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ । ‘सेफ ल्यान्डिङ गरेर जाऔँ । भोलि संसदमा बजेट प्रस्तुत गर्ने दिन छ, यस कारणले आज साँझसम्म टुंग्याउँ भनेर हामी अलि लचिलो भएर अगाडि बढेका छौँ,’ बालुवाटारबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग भने । प्रतिपक्षसँगको छलफलका क्रममा…
काठमाडौँ: सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ ।अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको छ । गत फागुनसम्म सो संख्या ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५ सय १६ छ । ६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २ सय ६१, ६० वर्ष कटेका एकल महिला…
रासस चितवन: गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर…
काठमाडौं: बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने मौसमविद झाले बताए…
काठमाडौँ: चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए । घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् । गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र…
काठमाडौं: सरकारको बेरुजु खर्च पौने १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ बेरुजु रकम पुगेको हो । संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा सो बेरुजु देखिएको हो । कार्यालयका अनुसार आव २०७९/८० सम्मको कुल अद्यावधिक बेरुजु मात्रै ६ खर्ब ६९ अर्ब रुपैयाँ छ । कार्यालयका अनुसार अर्थमन्त्रालयमा संघीय मन्त्रालयको बेरुजु विश्लेषण गर्दा सबैभन्दा बढी अर्थमन्त्रालयको छ । अर्थमन्त्रालयको २५…
काठमाडौं : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा…
काठमाडौँ: आर्थिक वर्ष २०७९–८० मा अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा छन् भने १५ वटा घाटामा गएका छन्। सार्वजनिक संस्थानहरूको खुद नाफा ३०४६.२० प्रतिशतले बढेर ४८ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ३८ अर्ब घाटामा रहेको नेपाल आयल निगम ११ अर्बले नाफामा गएपछि संस्थानहरूको कुल नाफा बढेको हो। नाफामा देखिएका २६ संस्थानको कुल नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ९८१ प्रतिशतले बढेको छ। संस्थानहरूको आम्दानी ६ खर्ब ६१ अर्ब ०१ करोड रूपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा १४.८७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ खर्ब ७५…
काठमाडौं: नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ । त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ । प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन् ।