Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

त्तुलसीपुर, दाङ: साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए । उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भने । सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै…

Read More

काठमाडौँ: विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष तथा मार्गदर्शक जनरल भरत केसर सिंहको उपचारको क्रममा आइतबार विहान ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ३ बजेर ६ मिनेट जाँदा हृदय घातकाे कारण निधन भएको हाे । ६ साउन, काठमाडौं । विश्व हिन्दू महासंघ, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । उनको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सिंहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसी राहीसाकेका थिए ।

Read More

काठमाडौँ: काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनाबाट घाइते थानीको उपचारका क्रममा राति १ः३० बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी दिए । स्कुटरमा सवार रहेका दुई जना पनि घाइते भएकाले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । साइकललाई ठक्कर दिएको स्कुटरसमेत नियन्त्रण गुमाएर पल्टिएको थियो ।

Read More

काठमाडौँ: चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थक तथा नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो । सोलिडारिटी फर डा. केसी अलायन्सकाे आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ । ०६२–६३ को जनआन्दोलन र त्यसपूर्व निकै सक्रिय नागरिक समाजका अगुवाहरुले केसीका मागबारे सरकारले उदासीनता देखाएको भन्दै सरकारको कडा आलोचना गरेका थिए । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले…

Read More

बीबीसी: जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो । जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।

Read More

विराटनगर: घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो । उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ । विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको समाचार आजको गोरखापत्रमा छापिएको छ । यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो…

Read More

काठमाडौँ: अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेड दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर पाउने भएका हुन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएका विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ: सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आज विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् । उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए । संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडाँै नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए । सरकारले असार ३२ गते शिक्षा सचिव…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ । महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीवापत उक्त राजश्व संकलन गरेको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले चार लाख ७१ हजार ९६८ सवारीसाधनको कारबाहीवापत उक्त राजश्व संकलन गरिएको जानकारी दिए । “ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई प्रत्यक्ष सिसी क्यामेरा, ट्राफिकको साथमा रहेको क्यामेरा र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट कारबाही गरिरहेका छौँ,”–उनले भने…

Read More