काठमाडौं: नेपाल बैंकको थप सार्वजनिक निष्काशन (एफपीओ) मा कुल ५७ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँको आवेदन परेको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार बिहीबारसम्ममा १६ हजार ५३२ जना आवेदकले २० लाख ५७ हजार ७३० कित्ता एफपीओ आवेदन गरेको बताए।
यसको अन्तिम आइतबार अर्थात साउन १३ गतेसम्म रहेको छ ।
बैंकको एफपीओ अझै १ करोड ५६ लाख २७ हजार १२८ कित्ता बिक्री हुन बाँकि छ । तर अनलाइनबाट भने शनिबार पनि भर्न सकिनेछ । बैंकमा गएर भर्नेका लागि भने शुक्रबार र आइतबार मात्र समय रहनेछ । अब रकमको आधारमा यस एफपीओमा कुल ४ अर्ब ३७ करोड ५५ लाख ९५ हजार ८४० रुपैयाँको आवेदन पर्नुपर्ने देखिन्छ ।
नेपाल बैंकले असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सीमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यस एफपीओमा लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ छ ।
एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ३९ करोड ९७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।