Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ । महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर रकम ठगी गर्ने नागराजलाई आज जेल चलान गरेको हो । महाशाखाको टोलीले नागराजले रु दुई करोड ४० लाख ठगी गरेको भन्ने पीडितको निवेदनका आधारमा असार ९ गते पक्राउ गरेको थियो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए ।

Read More

काठमाडौं: जुम्लाको सरकारी अस्पतालमा २० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याईएको छ । बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज साँझ जारी गरेको एक विज्ञिप्ति अनुसार अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको भन्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको सिफारिसका आधारमा उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । डा. केसीलाई अपरान्ह ३ बजेर ४० मिनेट जाँदा सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्रालयले जनाए पनि काठमाडौं भने साँझ ७ बजे ल्याईपुर्याएको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार…

Read More

काठमाडौँ: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), विश्व स्वास्थ्य संगठन नेपाल, डेनिस रेड क्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले आज बिहिबार नेपालमा पूर्व अस्पताल हेरविचार विषयमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा स्वास्थ्यकर्मी, डाक्टर, मेडिकल प्रतिनिधि र चिकित्सक लगायत कार्यक्रममा सहभागी छन् । घटना घटी अस्पताल आउनु पूर्व वातावरणको दृश्य मूल्यांकन गर्न बिरामीको प्रारम्भिक मूल्यांकन, जीवन जोखिम तथा आपातकालीन स्थितिमा उपयुक्त प्रारम्भिक कदमको साथै,रोगीको स्थानान्तरणमा उचित निगरानी उनीहरूको मेडिकल बेससँग राम्रो संचार कसरी गर्ने भनि कार्यक्रम आयोजित गरिएको थियो । यी चुनौतिहरूको सन्दर्भमा सम्बन्धित ज्ञान र कौशल बढाउने उद्देश्यको साथ पूर्व…

Read More

काठमाडौँ: नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ । संघका महासचिव डा लोचन कार्कीले ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र बल प्रयोग गर्न नपाउने मान्यता विपरीत’ स्वास्थ्यकर्मी, सर्वसाधारणलाई घाइते बनाउनु दुखद् भएको बताउँदै प्रा डा केसीलाई उनको इच्छाविपरीत, आधारभूत मानवाधिकारको उल्लंघन गर्दै सरकारका तर्फबाट अनशनरत स्थलबाटै उठाएर लैजानु गलत भएको जनाएका छन् । घटनाका दोषीलाई कारवाही गरी घाइतेको शीघ्र उपचार व्यवस्था मिलाई संवेदनशीलता प्रकट गर्न संघले सरकारसँग आग्रह गरेको छ । निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आग्रह त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनरत प्रा डा गोविन्द केसीलाई…

Read More

भक्तपुर: काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Read More

काठमाडौं: बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसी अन्तत: काठमाडौँ आज बाध्य भएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा. केसी निकै दुखी हुँदै अस्पतालबाट बाहिरिएका थिए । सरकारले उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएको भन्दै आज बिहान हेलिकोप्टर पठाएको थियो । मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन जुम्ला गएका थिए । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

Read More

काठमाडौँ: साताको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पाँच दशमलब ३८ अंकले घटेर १ हजार १९३ दशमलब ३९ अंकमा झरेको छ । आज नेप्सेमा सामान्य गिरावट आएपनि कारोबाररकममा सामान्य सुधार भएको छ । आजको कारोबारमा होटल र उत्पादनमूलक समूह बाहेक सबै समूहका नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक सबैभन्दा निर्जिबन बीमा समूहको ८० दशमलब ८२ अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ७७२ कारोबारबाट ५६ करोड १२ लाख रुपैयाँ बराबरका १९ लाख १८ हजर ६४८ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक…

Read More

काठमाडौँ : आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । आज दिउँसो देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ भने रातिको समयमा देशभर नै सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनसक्छ । साथै आज देशको पश्चिम र मध्य क्षेत्रका एक÷दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ । भोलि शुक्रबार दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य…

Read More

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । निर्माणाधीन विमानस्थलको धावनमार्गको आज यहाँ निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताए । सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने वचनबद्धता प्रकट गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०१९ भित्र धावनमार्ग र टर्मिनल भवनको निर्माण सम्पन्न हुने र तोकिएको समयभित्रमै बाँकी काम सम्पन्न हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न भएपछि पोखराको ट्राफिक व्यवस्थापनलगायतका विषयमा चासो व्यक्त गरेका थिए । यसबारे कास्की जिल्लाबाट प्रतिनिधिसभामा…

Read More

रत्ननगर, चितवन :चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् । यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भएको लगायत कारणले प्रभावकारी रुपमा किस्ता वितरण हुन नसकेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका प्रमुख पुष्कर पोखरेलले जानकारी दिए । तोकिएको समय असार मसान्तसम्म चितवनमा ३३ प्रतिशत भूकम्प पीडित (लाभग्राही)ले दोस्रो किस्ताको रकम बुझेका छन् । जिल्लामा ७६ प्रतिशतले पहिलो किस्ता लिए पनि विभिन्न अवरोधका कारण…

Read More