Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पदयात्रा वा अन्य कुनैपनि समयमा पर्यटकहरुलाई बिरामी गराएर ‘फेक हेलिकप्टर रेस्क्यु’ गरी बीमा असुल गर्ने जो कोहिलाई कारबाहीको दायरामा ल्याउन पर्यटन श्रमिक नेताहरुले पर्यटक घुमाउने श्रमिकहरुलाई निर्देशन दिएका छन् । नेपाल पर्यटन बोर्डको प्रायोजनमा तीन ठूला मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको आयोजनामा राजधानीमा सुरु भएको संयुक्त तालिमको उद्घाटन कार्यक्रममा श्रमिक नेताहरुले पयृटन क्षेत्रको बद्नामी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् । पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिम नाम दिईएको कार्यक्रमको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीइओ) दीपकराज जोशीले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै सीइओ…
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७ दशमलब ९६ अंकले घटेर १ हजार २०६ दशमलब ३६ अंकमा पुगेको छ । आइतबार नेप्से ० दशमलब ०२ अंकले घटेको थियो । आजको कारोबारमा बाणिज्य बैंक, होटल, विकास बैंक, जलबिधुत, बिमा, वित्त, बिमा, अन्य तथा लघुवित्त समूहमा भारी अंकले गिरावट आएको छ । उत्पादन तथा व्यापार समूहमा भने सामान्य सुधार आएको छ । बाणिज्य बैंक समूहको परिसूचक १६ दशमलब ४२ अंकले, होटल २२ दशमलब ३२ अंकले, विकास बैंक 1८ दशमलब ०६ अंकले, जलबिधुत २२ दशमलब १ अंकले, बिमा १३० दशमलब ४२ अंकले, वित्त…
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रन बहादुर हर्मेलको हिजोआज दिनमा भोक र रातमा निन्द्रा हराएको छ । दुर्गम गाउँ रुममा सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिलाई वित्तीय संस्थाबाट ऋण लिने प्रयोजनका लागि आफ्नो लालपुर्जा दिएका हर्मेल चार वर्षसम्म पनि आफ्नो लालपुर्जा फिर्ता नभएपछि समस्यामा परेका हुन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि अधिभारा हुँदै रुम गाउँसम्मको सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिले सहकारीबाट ऋण लिन हर्मेलसहित चार जनाको लालपुर्जा बन्धक राखेको थियो । हर्मेल, चमु पुन, नन्दु पुन र भरत रोका गरी चारजनाको जग्गा धितोमा राखेर उपभोक्ता समितिले दरबाङ बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख रुपैयाँ ऋण लिएर…
टोकियो: जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ । उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा…
जाजरकोट: जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
इटहरी: सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् । पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगती टेक्स्टाईल, जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्स लगायत कपडा एवं धागो उद्योगहरुको स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उद्योगीहरुले उक्त गुनासो गरेका हुन् । स्वदेशकै श्रमिक र स्वदेशी कच्चापदार्थको प्रयोगमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका कपडा उत्पादन गर्ने उद्योगबारे सरकारले दिर्घकालिन निर्णय लिन नसक्दा उद्योगहरु बन्द हुने खतरा बढेको भन्दै उद्योगीहरुले यस्ता उद्योगलाई प्रोत्साहन दिने खालका नीति ल्याउन आग्रह गरेका छन्…
चितवन: आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ । पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताए । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो । “कारोवार रोक्का गर्न लागेका फार्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका रहेका छन्,” पङज्ञानीले बताए । फार्मको कारोवार रोक्का, खाता रोक्का, सरकारी कार्यालयबाट लिनुपर्ने भए सो रकम रोक्कालगायतका काम गर्न लागिएको छ । कार्यालयमा व्यक्तिगत प्यान लिने ३० हजार, मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार र व्यावसायिक प्यान लिने ४४ हजार करदाता छन्…
काठमाडौँ: राष्ट्रिय वाािणज्य बैंक लिमिटेडको तीन वटा शाखा कार्यायहरु थप भई कारोबार शुभारम्भ भएको छ । सिन्धुली जिल्लाको मरिण गाउंपालिका वडा नं. ६ स्थित शाखा कार्यालय कपिलाकोट, बझाङ्ग जिल्लाको मष्टा गाउंपालिका वडा नं. ३ स्थित भातेखोलामा शाखा कार्यालय मष्टा र ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय हाङ्गपाङ्गको कारोबार शुभारम्भ भएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ । यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९५ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैंकको हाल ७१…
काठमाडौँ: सरकारले चालू आर्थिक वर्षको असार तेश्रो साता सम्ममा बार्षिक लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार असार २४ गते सम्म ६ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ । सरकारको बार्षिक राजस्व संकलन लक्ष्य ७ खर्ब ३० अर्ब रहेको थियो । हालसम्मको राजस्व संकलनको स्थिति हेर्दा सरकारले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्ने अवस्था छैन । सरकारले चालू आर्थिक वर्षको लागि १२ खर्ब ७८ अर्ब बजेट प्रस्तुत गरेको थियो । असार २४ गतेसम्म पुँजीगत खर्च जम्मा ५८ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको असार २३ गते सम्म सरकारले एक खर्ब…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाटै आलोचना सुरु भएको छ । दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ । पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणामा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन् । स्थायी समितिको बैठकमा नेताहरुले सरकारको कार्यशैलीप्रति खुलेरै आलोचना गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको विषयमा पार्टीभित्र आम धारणा नै बनिसकेको छ । सरकार गठन भएलगत्तै केही सुधार हुने आशा र अपेक्षा नागरिकहरुले गरेका थिए । तर…