काठमाडौँ : सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।
यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई सिफारिस गर्ने निणर्य गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले उनीहरुलाई ती देशका राजदूतमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मन्त्रिपरिषद्को सो निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ ।
प्रस्तावित राजदूत उप्रेतीले भूटान र अफगानिस्तानका लागि तथा पाण्डेले इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि कामकाज हेर्नेछन । मन्त्रीपरिषदले सिफारीस गरेता पनि उप्रेतीलाई भने राजदूत बन्नका लागि संवैधानिक अड्चन खडा भएको छ । उप्रेती प्रमुख निर्वाचन आयुक्त भएकै कारण अन्य सरकारी लाभका पदमा नियुक्ति लिन नमिल्ने संविधानको धारा २४५ को उपधारा ८ मा उल्लेख छ ।