Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सेयर बजारमा आज बुधबार नेप्से परिशूचक संगै कारोबार रकममा पहिरो गएको छ । साताको शुरुवाती दिनमा सुधारको संकेत देखिएको सेयर बजारमा आज बुधबार एकाएक नेप्से परिशुचक संगै कारोबार रकममा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलब ९२ अंकले घटेर १ हजार १९४ दशमलब ३४ अंकमा झरेको छ । जलबिधुत र उत्पादन मूलक समूह बाहेक सबै समूहको परिशूचकमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिशूचक ८० दशमलब २२ अंक र जीवन बिमा २८ दशमलब ०७ अंकले घटेको छ । त्यसैगरी, होटल समूह २० दशमलब ८५ अंकले र बाणिज्य बैंक समूहमा ४ दशमलब २७ अंकको गिरावट…
काठमाडौँ: निजी विद्यालयमा आफूखुशी वृद्धि भएको शुल्क फिर्ताका लागि कुनै उजुरी नपरेपछि काठमाडौँ महानगरपालिकामा सहमति कार्यान्वयन गरेको छैन । निजी विद्यालयले बढी शुल्क लिएको निवेदन नआएपछि गत वैशाखमा भएको सहमतिअनुरुप काम हुन नसकेको हो । गत वैशाख २२ गते केन्द्र सरकार, स्थानीय तह र विद्यार्थी संगठनको सयुक्त बैठकले निजी विद्यालयले विद्यार्थी भर्ना र अन्य गतिविधिका लागि भन्दै निजी विद्यालयले असुल गर्ने गरेको बढी रकम फिर्ता गर्ने निर्णय गरेको थियो । निर्णयअनुरुप काम गर्नका लागि विद्यार्थी र अभिभावक कसैले पनि उजुरी गरेका छैनन् बिना उजुरी कसरी कारवाही गर्ने मिल्दैन कामपाका शिक्षा विभागका प्रमुख प्रह्लाद अर्यालले भने । सम्बन्ध भएका निकायबाट उजुरी…
काठमाडौँ: नेपाल आयल निगमले लकिङ प्रणाली जडान नगरेका ट्याङ्करहरुको तेल ढुवानी साउन एक गतेदेखि बन्द गरेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)को टोलीसँगको सहकार्यमा लामो अध्ययनपछि नेपालमा पनि यो प्रणाली लागू गरिएको हो । आईओसीको विभिन्न डिपोदेखि तेल भरेर नेपाल आयल निगमका सबै डिपोमा आउने ट्याङ्करहरुमा यो प्रणाली लागू भईसकेको निगमका प्रबक्ता बिरेन्द्र गोइतले जानकारी दिए । उनले भने- यो प्रणाली आईओसीका सबै डिपोदेखि तेल भरेर नेपाल आयल निगमका डिपोमा तेल ढुवानी गर्ने ट्याङ्करहरुमा लागू भईसकेको हुनाले यो प्रणाली जडान नगरेका ट्याङ्करहरुलाई साउन एक गतेदेखि तेल ढुवानीमा रोक लगाएका छौ । निगमले पहिलेदेखिनै सबै ट्याङ्करहरुलाई लकिङ प्रणाली जडान गर्न आग्रह…
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गरे । उहाँले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे । अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष…
काठमाडौँ: विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् । यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् । फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र…
सल्लेरी, सोलुखुम्बु: सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ । उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो । नेपाल राष्ट्र बैंकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए । साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबारका लागि एक दिनसम्मको यात्रा गरेर सदरमुकाम धाउन बाध्य थिए । “अब एक दिन हिँड्नुपर्ने बाध्यता हट्यो” गाउँकार्यपालिका सदस्य बुद्धिराज राईले भने, “एकैदिनमा आर्थिक कारोबार गरेर सहजै घर फर्कन सकिन्छ ।” गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् ।…
बैतडी : गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए । बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातार पानी परिरहेकाले समस्या भएको छ । अवरुद्ध सडक अपराह्नसम्म सडक पुनःसञ्चालनमा आउने प्रहरीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन्…
काठमाडौँ: अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा बुधबार पुनः दोश्रो चरणको वार्ता हुने भएको छ । हिजो मंगलबार रातिसम्म चलेको वार्ता सकारात्मक भएपछी आज फेरी दुई पक्ष बार्तामा बस्न तयार छन् । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गरेका हुन् । उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गरे । उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए । नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफल अत्यन्त सकारात्मक बनेको…
काठमाडौँ: यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ । यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट प्रणालीलाई पारदर्शी बनाउन र अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्दै श्रमिकसम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य सञ्चालन हुनसकेमा श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउन सहयोग पुुग्ने मन्त्री विष्टले बताए । यूएइको माग र आवश्यकताअनुुरुप नेपालमा…
फलेवास, पर्वत: पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका ल्याइएको भए पनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेको छ । ट्रान्समिटर पड्किएर देउपुरका पाँच घरमा समेत क्षति भएको छ । उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । ट्रान्समिटर पड्किएपछि उक्त क्षेत्रमा…