Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ । समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ । यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुपैयाँ पर्नेछ । विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ ।
काठमाडौं: तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । आजको नयाँ पत्रिकामा छापिएको समाचारअनुसार, नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
काठमाडौं: पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको खबर आजको कान्तिपुरमा छ । यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ । २०७२ को भूकम्पले पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याए पनि यसलाई ब्युटिफिकेसन गर्ने भन्दै आधुनिक निर्माण सामाग्री प्रयोग गरेर पुननिर्माण सुरु गरेपछि विवाद भएको थियो ।
प्रकाश सिलवाल काठमाडौँ: आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि आज तयारी गरिएको सहमति टरेको छ । राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्षसम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना नगर्नेलगायत विषयमा प्राप्त सुझाव संशोधनमा राख्न सरकार लचिलो भए पनि केसी पक्षले नयाँ अडान राखेपछि आज सहमति हुन नसकेको हो । केसी पक्षले यसअघिको चिकित्सा शिक्षा अध्यादेशमा भएका विषय नछुटाई छोटो बाटाबाट पूरक विधेयक ल्याउन फरक माग गरेको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष…
एजेन्सी: खगोलीय अध्ययन र यसमा रुची राख्नेका लागि शुक्रबार एक दुर्लभ र निकै आकर्षक खगोलीय घटना घट्ने वाला छ त्यो के हो भने ब्लड मुन अर्थात रातो खग्रास चन्द्रग्रहण । यसपालि देखिन लागेको यो चन्द्रग्रहण शताब्दीकै लामो चन्द्रग्रहण हुनेछ । यो विश्वको प्रमुख शहरबटा देखिने छन् भने नेपालको आकाश पनि खुला रहेको खण्डमा तपाइले पनि यसको अवलोकन गर्न सक्नु हुनेछ । यो शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म देखिन सकिनेछ भने यसको समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। शुक्रबार राति (साउन २८ गते) १२ बजेर ९ मिनेटबाट…
काठमाडौँ: गृह मन्त्रालयले बुधाबर काठमाडौँ जिल्लाकोसहित केहि जिल्लाकाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। जसमध्ये काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ भने चर्चित ३३ किलो सुन काण्डको अनुशन्धान समितिका संयोजक इश्वरराज पौडेलको भने गृहबात अध्यागमन विभागमा सरुवा गरिएको छ । यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौंको सिडिओको जिम्मेवारीमा ल्याइएको छ। त्यस्तै ओखलढुंगाका जनकराज पन्तलाई चितवन सरुवा गरिएको छ। गृहका प्रेमराज जोशीलाई ललितपुर जिल्लाको सिडिओ बनाइएको छ । ललितपुरका यसघिका सिडियो महादेव पन्थलाई गृह तानिएको छ । यस्तै सरकारले केहि उपसचिवहरुको पनि सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।
काठमाडौँ: बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।” उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए । त्यसैगरी दुर्गा प्रसाईलाई पनि कारवाहीको माग गर्दै नेपाली काँग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगन भएको थियो…
मिन्स्क: बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ । यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालक दलका सदस्य रहेका छन् । आयोजकका अनुसार सो प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ । यसक्रमा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न…
काठमाडौँ: इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको बताए । भ्रमणका क्रममा मुहम्दलेकम्पनीका अध्यक्ष ढकाल तथा उनको समुहले निर्माण गरेको परियोजनाले देश विकासमा ठूलो भूमिका खेल्ने भन्दै नेपालको विकासका निम्ति यस्ता धेरै परियोजना निर्माणको आवश्यकता रहेकोले परियोजना निर्माण तथा सफलताको शुभकामना ब्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि…