काठमाडौँ: गृह मन्त्रालयले बुधाबर काठमाडौँ जिल्लाकोसहित केहि जिल्लाकाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।
जसमध्ये काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ भने चर्चित ३३ किलो सुन काण्डको अनुशन्धान समितिका संयोजक इश्वरराज पौडेलको भने गृहबात अध्यागमन विभागमा सरुवा गरिएको छ ।
यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौंको सिडिओको जिम्मेवारीमा ल्याइएको छ। त्यस्तै ओखलढुंगाका जनकराज पन्तलाई चितवन सरुवा गरिएको छ। गृहका प्रेमराज जोशीलाई ललितपुर जिल्लाको सिडिओ बनाइएको छ । ललितपुरका यसघिका सिडियो महादेव पन्थलाई गृह तानिएको छ ।
यस्तै सरकारले केहि उपसचिवहरुको पनि सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।

