Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : सरकारले भूमिगत जलभण्डार घट्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई पुनःभरणको व्यवस्था गर्न प्रभावकारी एवं बाध्यकारी व्यवस्थासहितको नीतिगत व्यवस्था गर्न लागेको छ । प्रस्तावित जलस्रोत नीतिमा भूमिगत जलभण्डारमा पुनःभरण गर्ने भावर, शहरी तथा अन्य क्षेत्रको रेखाङ्कन गरी त्यस्ता क्षेत्रमा प्रदूषण गर्ने तथा पुनःभरण कार्यमा बाधा पु¥याउने कार्यको नियन्त्रण गर्ने कडा प्रावधान राखेको छ । भूमिगत जलभण्डार वृद्धिका लागि सिमेन्ट कङ्क्रिट कालोपत्रे सडक आदिजस्ता पुनःभरणमा बाधा पु¥याउनेसहितको निरन्तर वृद्धिलाई अनुगमन गर्ने भएको छ । पुनःभरण गरिएको जलमा औद्योगिक प्रदूषक मिसिन नदिन त्यस्ता उद्योगबाट आउने निकासलाई प्रशोधन गरी सहन सीमाभित्र ल्याएपछि मात्र खोलानाला, खाली जमिन आदिमा छोड्ने व्यवस्था मिलाइने जलस्रोत नीतिमा…
काठमाडौँ: त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज भिषण आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार आगो निभाउन फायर एक्सटिनगुइसर उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका छन् ।…
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्नेक्रम आज मंगलबार पनि रोकिएन । मंगलबार नेप्से परिसूचक शुन्य दशमलब ५० अंकले घटेर १ हजार २०५ दशमलब ९३ अंकमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से शुन्य दशमलब ०२ अंकले र सोमबार १७ दशमलब ९६ अंकले घटेको थियो । नेप्सेमा लगातार पहिरो जाँदा लगानीकर्ताहरु निराश भएका छन् । आज नेप्सेमा सामान्य गिरावट आएपनि कारोबाररकममा भने ठुलो मात्रामा कमि आएको छ । आजको कारोबारमा बाणिज्य बैंक, बित्त र बिमा बाहेक सबै समूहका नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक सबैभन्दा बढी उत्पादनमूलक समुहको ७० दशमलब ५२ अंकले घटेको छ ।…
काठमाडौँ: संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज साँझ पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो । शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन पेश गरेको र प्रतिवेदनमा छलफल भएपनि आज साँझ पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको छ । बैठकमा…
काठमाडौँ: अलैंचीको उत्पादन बढेसंगै देशको कुल निर्यातमा यसको हिस्सा बढ्दै गएको छ । चालू आर्थिक वर्षको प्रथम दश महिनामा चार अर्ब २९ करोडको अलैंrचीको निर्यात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार समीक्षा अवधिमा अलैंचीको निर्यात गतवर्षको सोहि अवधिको तुलनामा २२ दशमलब ७ प्रतिशतको वृद्धि भएको छ । गतवर्षको दश महिनामा तीन अर्ब ३९ करोड बराबरको अलैंची निर्यात भएको थियो भने गत बर्ष ३ अर्ब ८७ करोडको अलैंची निर्यात भएको थियो । अलैंचीको उत्पादनमा वृद्धि हुँदा यसको निर्यातमा सुधार भएको अलैंची ब्यावसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । अलैंचीको मूल्य घट्य पनि उत्पादनमा वृद्धि हुँदा कुल…
महेन्द्रनगर: जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलइडी चिमको प्रयोग गरिनेछ । मन्दिरको…
काठमाडौं: नेपाल धितोपत्र बोर्डले बजार हल्ला फिजेजस्तो तत्कालका लागि सेयर कारोबार गर्दा प्यान नम्बर अनिवार्यन नगर्ने जनाएको छ । सेयरको दोस्रो बजारमा कारोबार गर्न प्यान नम्बर अनिवार्य गर्नुको हामीले सेयर लगानीकर्तालाई यसको प्रयोगका लागि क्रम प्रोत्साहित गर्दै जाने नीति लिएका छौँ । यसअघि धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४–७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भनिएको थियो । तर लगानीकर्ताहरुले विरोध जनाएपछि बोर्डले अनिवार्य नगरी क्रमशः प्रोत्साहित गर्दै जाने नीति लिएको हो । धितोपत्र बोर्डले सोमबार आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्यान नम्बर लिन प्रोत्साहित गरिने जनाएको हो । नीति तथा…
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले थप तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका–६ स्थित कपिलाकोट, बझाङ जिल्लाको मष्टा गाउँपालिका– ३ स्थित भातेखोला र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ स्थित हाङपाङमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । तीन वटै नयाँ शाखाबाट बैंकिङ सेवा सुरु भइसकेका छन् । यी तीन नयाँ शाखासँगै वाणिज्य बैंकको शाखा संख्या १९५ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । यस बैंकको हाल ७१ जिल्लामा १९५ वटा शाखा कार्यालय सहित १३५ वटा एटिएम र…
काठमाडौँ : सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २० गते जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पत्र पठाई २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० मा सहभागी भई ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम १ दशमलव ६ र कक्षा ११ मा भर्ना हुँदा त्यस धारमा न्यूनतम १५ विद्यार्थी भई पूर्वाधार पूरा गरेका सामुदायिक विद्यालयमा सो कक्षा थप्ने अनुमतिका लागि सिफारिस गर्ने मापदण्ड पठाएको हो । विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत कक्षा ९ देखि प्राविधिक धारको प्रबन्ध…
पोखरा : झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन् । नाबालक छवर्षीय भाइ विशेषन कपाल मुण्डन गरी सेता कपडामा बेरिएर किरियामा बसेका दाजुलाई टुलुटुलु हेरिरहन्छन्, उनको मनमा पनि कताकता नरमाइलो अनुभूति हुने गरेको छ । विशेषनका आफन्त एवं वरपर बस्ने छिमेकी जो कोहीलाई ती बालक देख्दा मनमा चसक्क बिझ्छ । विवश…