Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट ४८ अर्ब रुपैयाँ थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ । यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा स्थायी तरलता सुविधा दर ७ प्रतिशतबाट ६ दशमलब ५ प्रतिशत र तल्लो सीमाका रुपमा दुईहप्ते निक्षेप संकलन दर तीन प्रतिशतबाट ३ दशमलब ५ प्रतिशत कायम गरिएको…
काठमाडौं: देव: विकास बैंकको साधारण सभा बुधबार नेपा ब्यांकेट खुसिबु नयाँ बजारमा सुरु भएको छ । सभामा बैंकले १७.१ प्रतिशत बोनस दिने विशेष प्रस्ताव पेश गर्दैछ । त्यस्तै शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) को प्रस्ताव पनि गर्दैछ । बैंकले बोनस बापत २४ करोड ७० लाख ९२ हजार ३४१ रुपैयाँ र नगद लाभांशमा १ करोड ३० लाख ४ हजार ८६० रुपैयाँ खर्च गर्नेछ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने…
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको…
इनरुवा: सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ । जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उहाँलाई धान रोपाइँ गर्ने समस्याले सताएको हो । जसलाल यादव सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । उनि जस्तै जिल्लाको दर्जनौँ किसानको समस्या एउटै छ । असार बित्न लागेको भए पनि जिल्लाका विभिन्न ठाउँमा रहेका नहरमा पानी नदिएको कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकको भनाइ छ । जिल्लाको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह…
रामपुर, पाल्पा: सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए । “गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम शुरु गरेका हौँ” बस्यालले भने। युवा लक्षित युवा स्वरोजगार…
काठमाडौँ: आठ प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी बजार भाउ नियन्त्रण र वित्तिय स्थायित्वको चुनौतीलाई प्राथमिकतामा राखेर आगामी वर्षको मौद्रिक नीति बुधबार सार्वजनिक हुँदैछ । मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा कर्जा बिस्तार, जोखिममा आधारित सुपरीवेक्षण, विधुतीय भुक्तानी प्रणाली, संस्थागत सुशासन र वित्तीय अनुशासनलाई जोड दिइएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय स्थायित्त्वको सवालमा चालु आर्थिक वर्षको मौद्रिक नीति लगभग असफल भइसकेको सन्दर्भमा आगामी वार्हको नीतिलाई सरोकारवालाले चासो दिएका छन् । आगामी मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले लघुवित्त संस्थाको कर्जाको ब्याजदरमा तोकेको १८ प्रतिशतको माथिल्लो सीमा हटाउने भएको छ । वाणिज्य बैंकहरुको ब्याजदर करिव १८ प्रतिशत पुगिसकेकोले उक्त सीमा हटाउन वा बढाउने भन्ने…
काठमाडौँ: फ्रान्स अन्तत: जारी विश्वकप फुटबलको २१ औं संस्करणमा २० वर्षपछि कडा प्रतिद्वन्दी बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै फाइनल पुगेको छ । फ्रान्सका लागि समियुएल अमटिटीले गरेको एक मात्र गोल नै निर्णायक हुँदा फ्रान्स विश्वकपको यो तेश्रो पटक फाइनल यात्रा तय गएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल मध्यान्तरपछि अण्टोनियो ग्रिजमेनको कर्नर पासमा उटिटीले बक्सभित्र गरेको सानदार फ्लिक हेडको गर्दै बललाई जाली दिशा देखाइदिए । फ्रान्सको भेट अव फाइनलमा १५ जुलाईमा हुने क्रोएशिया र इंग्ल्याण्डबीचको विजेताबीच हुनेछ । रेड देभिल्स बेल्जियमले भने राम्रा राम्रा सटहरु प्रहार गरे पनि उसले फ्रान्सको गोल पोस्टमा कुनै होल बनाउन सकेन । हिजोको…
टोकियो: जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १५६ पुगेको हो । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा…
काठमाडौँ : नेपाल आउने पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेका क्षेत्रहरुमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा उपलब्ध गराउने भएको छ । ‘जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका साथ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यही असार १४ गते निगमले पहिलो ‘वाइड बडी’ जहाज भित्र्याएको छ । यस्तै आगामी तीन साताभित्र सोही प्रकृतिको अर्को जहाजसमेत नेपाल आइपुग्नेछ । दुई वटा वाइड बडी र दुई ‘न्यारो बडी’ जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने र पर्यटन प्रवद्र्धनमा लाग्ने लक्ष्यका साथ निगमले सो अवधारणा अगाडि सारेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को…
थाइल्याण्ड: थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो । नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।” यद्यपि उद्धारका लागि गुफाभित्र…