काठमाडौं: देव: विकास बैंकको साधारण सभा बुधबार नेपा ब्यांकेट खुसिबु नयाँ बजारमा सुरु भएको छ । सभामा बैंकले १७.१ प्रतिशत बोनस दिने विशेष प्रस्ताव पेश गर्दैछ ।
त्यस्तै शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) को प्रस्ताव पनि गर्दैछ । बैंकले बोनस बापत २४ करोड ७० लाख ९२ हजार ३४१ रुपैयाँ र नगद लाभांशमा १ करोड ३० लाख ४ हजार ८६० रुपैयाँ खर्च गर्नेछ ।
बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत राखिएको छ ।
आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने पनि एजेन्डा पनि पेश हुँदैछ । बैंकले वितरण गर्ने लाभांश भने कात्तिक २२ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । देवः ले गत वर्षको कात्तिक २३ देखि कात्तिक २९ गतेसम्म बुक क्लोज गरेको हो ।