Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

उर्लाबारी, मोरङ: लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा तीन लाख रुपियाँको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन् ।

Read More

काठमाडौं: विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु आजबाट शुरु हुँदैछन् । रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ । फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम एक आपसमा भिड्ने छन् । ब्राजिलले यसघि मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो । शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो…

Read More

पहिलोक्लिक समाचारदाता काठमाडौँ: शेरबहादुर देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको आचारसंहित्ता लागु भएपछी गरेका नियुती र बढुवा खारेज गर्ने केपी ओली सरकारको बुधबार बेलुकाको निर्णयसँगै प्रदेश प्रमुखदेखि सबै खाले राजनीतिक नियुक्ती पाएका दर्जनौं व्यक्ति पदमुक्त हुने भएका छन् । उक्त मन्त्रिपरिषद बैठकले आचारसंहित्ता लागु भएको दिने भदौं १४ देखि फाल्गुन २, २०७४ सालसम्मका सम्पूर्ण नियुक्ति र बढुवा खारेज गर्ने निर्णय गरेको हो । यस सँगै नियुक्ति र बढुवा खारेजीमा परेका व्यक्ति र प्रदेश प्रमुख र अन्य राजनीतिक नियुक्ति पाएका र पदमुक्त हुने देखिएका ब्यक्तीहरु यी हुन् । प्रदेशप्रमुहरु: १) गोविन्द बहादुर तुम्बाहाङ २) रत्नेश्वोरलाल कायस्थ ३) अनुराधा कोइराला ४) बाबुराम कुँवर…

Read More

काठमाडौँ: नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ । बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने कार्य दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने जनाई न्याय सम्पादनमा कुनै हस्तक्षेप नगर्न आग्रह गरिएको छ । बारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका माग लिएर १५औँ पटक अनशन शुरु गरेका प्रा डा गोविन्द केसीको स्वास्थ्यलाई ध्यानमा राखी उहाँको जीवनरक्षामा ठोस निर्णय लिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । बारले आफ्ना छोरा कृष्णप्रसादको हत्या भएकामा न्यायका लागि पछिल्लो पटक ३७ दिनदेखि अनशन बस्दा गंगामाया अधिकारीको स्वास्थ्यावस्था…

Read More

काठमाडौं: सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी) ले विहिबार सामुहिक राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् । खनाल भने सोहि राजीनामाको फाइल बोकेर गृह मन्त्रालय दिउसो पुगेका थिए । राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् । एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका थिए । बुधबार बसेको मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार उनीहरुको पद धरापमा परेको थियो ।

Read More

काठमाडौँ: फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षिय बालकलाइ अभिभावकले कोशी नदिमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ । यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् । त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा experienceNepal कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे । त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि…

Read More

काठमाडौँ :काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिए । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा नयाँ सडक र दरबारमार्गबाट नागरिकले पाउनेछन् । ती दुई स्थानको प्रभावकारिता हेरी अन्य स्थानमा पनि पार्किङ गरिने योजना कामपाको छ । कोही व्यक्ति नयाँ सडक जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सक्छन् । ढकालका अनुसार एकै समयमा पनि धेरै सवारी साधन राख्न सकिने भएकाले काठमाडौँ ठूलो समस्याका रुपमा…

Read More

काठमाडौँ : सर्वोच्च अदालतमा सार्वजनिक स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई आज दायर गरिएको रिट निवेदनमा परिषद्को निर्णय बदर गर्न माग गरिएको हो । रिट निवेदनमा मौलिक हक एवं स्वतन्त्रता निस्तेज तथा निष्प्रभावी हुनेगरी गैरकानूनी निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भनी उत्प्रेषणको आदेशको माग गरिएको छ । काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले २०७४ चैत ३० गतेदेखि शीतल निवास निषेधित क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र, संसद्…

Read More

वासिङटन:  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योङग््याङतर्फ लाग्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको हो । अमेरिकी विदेश मन्त्रालयले सो जानकारी दिएको छ । उहाँ उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि त्यसतर्फ लाग्नुभएको बताइएको छ । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ पोम्पेओसँग अमेरिकी विदेशमन्त्रालयका अन्य उच्च अधिकारी पनि साथमा रहेको बताइएको छ । अमेरिकी विदेशमन्त्री पोम्पेओ स्थानीय समयानुसार बिहीबार मध्याह्न २ बजे उत्तर कोरियाको राजधानी प्योङग््याङ पुग्नुहुने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत महिना सिङ्गापुरमा ऐतिहासिक…

Read More

काठमाडौँ: साताको अन्तिम दिन विहिबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ अंकले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको…

Read More