Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु, सर्वोच्च सचिवालयको आँगनमै विकासका नाममा मध्यअसारपछि पैसा बगाउने काम भइरहेको छ । अहिले फुटपाथ भत्काइएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबार मर्मतसम्भारको जिम्मा पाएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलो भएकाले अन्तिम अवस्थामा काम गर्नुपरेको जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । सचिवालयका सदस्यसचिव वसन्त राईले भने, ‘म समितिको नेतृत्वमा आएको दुई महिना मात्र भयो, म आएपछि काम भटाभट भएको हो, यसपालि असारमै प(यो के गर्ने त ?’ समितिका इन्जिनियर…

Read More

काठमाडौं: विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो । आजको नगरिक दैनिकमा समाचार छ । विशेषका न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा मिलेमतो गर्ने कर्मचारी सहितलाई आंशिक दोषी ठहर गरेको हो ।

Read More

काठमाडौं: महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले १२ प्रकारका कर तिनुपर्ने भएको छ । महानगरपालिकाको नगर सभाले सेवा शुल्क लिने निर्णय गरेसँगै नयाँ शुल्क लागू हुने भएको हो । माध्यमिक तहको संस्थागत विद्यालयको नाम परिवर्तन गर्न ५० हजार, र आधारभूत तहको ३० हजार, आधारभूत तहको अनुमतिपत्र वितरण गर्न ५ र मावि तहको १० हजार, आधारभूत तहको विद्यालयको स्वामित्व परिवर्तन गर्न २० र माध्यमिक तहको ३० हजार, आधारभूत तहको स्थान परिवर्तन गर्न २० र माध्यमिक तहको ३० हजार रुपैयाँ लिने निर्णय गरेको छ । त्यस्तै संस्थागत…

Read More

काठमाडौं: प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार नै बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिनेगरी प्रहरी ऐन ल्याउन लागेको भन्दै आपत्ति जनाएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर सो विषयमा प्रहरीको धारणा स्पष्ट पारिसकेका छन् । संघीय प्रहरी ऐनको मस्यौदा केन्द्रमा छलफलकै क्रममा रहेको र अन्य प्रदेशले पनि संघीय प्रहरी ऐन नै कुरिरहेको अवस्थामा प्रदेश…

Read More

काठमाडौँ: देशभर वर्षा शुरु भएसंगै किसानहरु धन रोप्न ब्यस्त भएका छन् । भनिन्छ, असार लाई मानो रोपेर मुरी फलाउने समय । हालसम्म देशभर लगभग २२ दशमलब ०७ प्रतिशत खेतमा धान रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म तिन लाख ४२ हजार ३४१ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ । समयमा देशभर मनसून सुरु भएकोले रोपाई सन्तोषजनक भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए । उनले भने- देशभर रोपाई चलिसकेको छ । किसानहरु रोपाईमा ब्यस्त भएका छन् । यो वर्ष गतवर्षको भन्दा राम्रो…

Read More

धनगढी: कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताए । गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । “उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो, डा खनालले भने , तर बच्चा बँचेन ।” शिशुको मृत्यु भए पनि उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

Read More

काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा कृषि उद्योग चलाइरहेका आठ उद्यमीलाई आज सम्मान गरेको छ । विदेशमा सीप सिकेर नेपालमा आई उदाहरणीय काम गरेका युवाका माध्यमबाट अन्यलाई सरकारका तर्फबाट प्रोत्साहन दिने उद्देश्यले पुरस्कार वितरण गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए । सर्वाेत्कृष्ट उद्यमी पुरस्कारतर्फ यूएई र इजरायलमा दुई दुई वर्ष काम गरी नेपाल फर्केर आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी चलाइरहेका लमजुङका सोनाम लामालाई रु एक लाखसहित श्रममन्त्री गोकर्णराज विष्टले सम्मान गरेका हुन् । त्यसैगरी उत्कृष्ट उद्यमीतर्फ यूएईमा साढे दुई वर्ष काम गरी राष्ट्रिय अलैँची कृषि कम्पनी प्रालि सञ्चालन गरिरहेका बागलुङका देवीप्रसाद खत्री, कतारमा आठ वर्ष…

Read More

काठमाडौँ: सरकारले शैक्षिक हडतालको बेला निर्बाध रुपमा विद्यालय सञ्चालन गरी पठनपाठन गर्न आग्रह गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी वासुदेव घिमिरेले शान्तिपूर्ण रुपले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई हनन हुन नदिनका लागि शैक्षिक हडतालका समयमा शैक्षिक संस्थालाई सुरक्षा प्रदान गरिने भएकाले विद्यालय सञ्चालन गर्न आग्रह गरिएको बताए । उनले विद्यालय सञ्चालनका लागि पूर्ण सुरक्षाको प्रत्याभूत दिलाउन जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । विद्यार्थी संगठनले भने शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शुल्क फिर्ताको माग गर्दै पटक पटक आन्दोलन गरेका छन् । उहाँले विद्यालय बन्द गराउने जोसुकैलाई पनि कानूनअनुसार कारवाही गरिने चेतावनी दिए…

Read More

काठमाडौँ: न्याय परिषद्बाट सिफारिश भएका २२ जना जिल्ला न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई संविधानबमोजिम शपथ गराए । नेपाल न्याय सेवाका उपसचिव वा सोसरहका राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यरत उनीहरुले संविधानको धारा १४९ को उपधारा (१) बमोजिम बढुवा भई जिल्ला न्यायाधीशमा नियुक्त भएका हुन् । न्यायपरिषद्को गत असार ७ गते बसेको बैठकले २२ जनालाई जिल्ला न्यायाधीशमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीसमक्ष सिफारिस गरेको थियो । शपथ ग्रहण गर्नेमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वसन्तजंग थापा, चाणक्यमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, धुव्रकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेशकुमार…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताएका छन् । वीर अस्पतालमा आज पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै नेता डा कोइरालाले भने , “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई उन्मुक्ति दिन मिल्दैन ।” अनशनको ३५ दिनमा गंगामायाको स्वास्थ्य जटिल बन्दै गएको अस्पतालले जनाएको छ । विसं २०६१ जेठ २४ जेठ छोरा कृष्णप्रसादको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो । हत्या आरोपीको नाम किटानीसहित उनीहरुविरुद्ध २०७० चैत ३० देखि चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र…

Read More