काठमाडौँ: साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक शुन्य दशमलब ०२ अंकले घटेर १ हजार २२४ दशमलब ३९ अंकमा पुगेको छ ।
आजको कारोबारमा बाणिज्य बैंक, होटल, उत्पादनमूलक र अन्य समूहको परिसूचकमा वृद्धि भएपनि ब्यापार, विकास बैंक, जलबिधुत, बिमा तथा लघुवित्त समूहमा धरै गिरावट हुँदा नेप्से परिसूचकमा गिरावट आएको हो ।
बाणिज्य बैंक समूहको परिसूचक २ दशमलब ३३ अंकले, होटल ४१ दशमलब ९९ अंकले, उत्पादनमूलक समूह ३० दशमलब ९५ अंकले र अन्य समूह १ दशमलब ३५ अंकले बढेको छ ।
ब्यापार समूहको परिसूचक २ दशमलब ७९ अंकले, विकास बैंक २ दशमलब २८ अंकले, जलबिधुत १७ दशमलब ७४ अंकले, बित्त ४,४२ अंकले, बिमा २३ दशमलब ८९ अंकले र लघुवित्त १९ दशमलब ५२ अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ६ हजर ५९५ कारोबारबाट ४८ करोड २३ लाख रुपैयाँ बराबरका १२ लाख ४१ हजार ६३१ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलब २७ अंकले
बढेर २५७ दशमलब ७३ अंकमा पुगेको छ ।
आज सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त विकास बैंकको ४ करोड ९७ लाख ९४ हजार रुपैयाँको भएको छ ।