काठमाडौँ: प्रहरीले काठमाडौँको डल्लु आवास क्षेत्रबाट ३१ लाख बराबरको धनमाल चोर्दै गर्दा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
यस्तो थियो घटना विवरण:
भारतको बिहार राज्यका मोतिहारी तथा समस्तिपुरजिल्ला बाट बिभिन्न चोरी गर्ने समुह बनाई नेपाल प्रवेश गरि उपत्यकाका बिभिन्न स्थानमा कवाडका सामानहरु संकलन गर्ने बहाना बनाई बिहान तथा दिउसोको समय पारी घरमा कोही नभएको मौका पारी घरको ढोका तथा झ्याल फोडी प्रबेश गरी कोठामा भएको नगद ,सुन चाँदीका गर गहना , बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरुसमेत चोरी गर्ने कार्यमा सम्लग्न रहेका निम्न मानिसहरुलाई खोजि गर्ने यस महाशाखाबाट बिशेष सुचनाको आधारमा डल्लु आवास क्षेत्रमा गस्ति निग्रानि गर्ने क्रममामिति २०७५।०३।२२ गते दिउसो को समयमा का.जि. का.म.न.पा. वडा न १५ डल्लु आवास क्षेत्र स्थित सोनि श्रेष्ठ को घरमा कोहि नभएको मौका पारि ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरि अन्दाजि रु ३१,३३१२०।- ( एकतिस लाख तेतिस हजार एक सय बिस )बराबरको धनमाल चोरी गरि लादै गर्दा गर्दा चोरी भएका सामान सहित मिति २०७५।३।२२ गते दिनको १४:०० बजेको समयमा का.जि. डल्लु आबास क्षेत्रबाटपक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागि म.न.प्र. परिसर काठमाडौ पठाईएको ।
निजहरुको संबन्धमा अन्य चोरी घटना संबन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ भएका ब्यक्तिहरु –
१. नाम :- करण पोदार
उमेर :-१९ वर्ष
ठेगाना :- भारत बिहार मोतिहारी गुम्ती थान मोतिपुर ३२ नं
हाल :– का.जि. का.म.न.पा. वडा न १२टेकु सबलबहाल
२. नाम :- सुरज पोदार
उमेर :-१७ वर्ष
ठेगाना :- भारत बिहार समस्तिपुर जिल्ला महदिलगर थाना बिनगामा
हाल :– का.जि. का.म.न.पा. वडा न १२टेकु, सबलबहाल
बरामद सामानको बिबरण :-
१. बिभिन्न दरका नेपाली रुपैया ७२,४७२ ।-
२. US dollars 1135
३.चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड ( गुम्सी ) थान १
४.हिराको औठी थान २
५. बिभिन्न सुन का गर गहना अन्दाजी ६ तोला
६. मोतिको माला ३ थान
५. canedian dollar 55
७.चाँदीको बच्चाको कल्ली थान २
८.चाँदीको पाँउजु १ जोर
९. बिभिन्न दरका बिदेशी मुद्रा थान ६
१०.अन्य बिभिन्न धातुका गर गहना समेत
११. सोनि श्रेष्ठको स्थाई लेखा नम्बर को कार्ड
१२. ला.औ. phenergan , Diazelab , noophin७८ थान
बरामद सानाको फोटो
कारबाही :- पक्राउ परेका मानिसहरुलाई चोरी मुद्दा अन्तर्गत चोरीको महल अनुसार आवश्यक कारबाहीको लागि महानगरिय प्रहरि पारिसर काठमाण्डौ पठाईएको ।