Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रदान गर्न लागेको करिव ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्बोच्च अदालतले अस्विकार गरेको छ । राज्यका प्रमुख अंगमा युएनडीपीको सहकार्यबारे प्रश्न उथिहरेको बेला न्यायलयले त्यस्तो सहायता नलिने निर्णय गरेको हो । सर्बोच्चले ‘निरन्तर र नियमित रुपमा संचालन हुने राज्यका निकायमा बैदेशिक सहायता लिने उचित नहुने’ निष्कर्ष निकाल्दै उक्त रकम अस्विकार गर्ने निर्णय गरेको हो । ‘बरु कुनै काम गर्दा अपुग भए सरकारको राष्ट्रिय बजेट नै माग गर्नु उपयुक्त हुन्छ,’ युएनडीपीको सहायता नलिने सर्बोच्चको निर्णयमा भनिएको छ । ‘कानूनी शासनको सम्बर्दन र मानव अधिकार रक्षासम्बन्धि कार्यक्रम’ (रोलर) नाम दिई युएनडीपीले आगामी पांच वर्षका लागि…

Read More

एजेन्सी: समूह ‘बी’को अन्तिम दुई खेल, तीन टोली नकआउट चरणमा प्रवेश गरेका छन् । हिजो राति भएको दुई खेलमा स्पेन र मोरक्को र पोर्चुगल र इरानबीच भएको खेल दुवै बराबरीमा सकिएको हो । अर्को चरणमा पुग्ने अपेक्षा गरिएका दुई टोली स्पेन र पोर्चुगल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेनले इरान र मोरक्कोसँग बराबरी खेल्दै अर्को चरणको यात्रा तय गरेका हुन् । स्पेनले त दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै हार जोगाउनुपरेको थियो । हारबाट जोगिनुपर्ने खेलमा खालिद बोउतायिबले खेलको १४ औँ मिनेटमा गोल गर्दै स्पेनलाई स्तब्ध बनाएका थिए । तर,…

Read More

रामपुर, पाल्पा: तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने भएको छ । तानसेन कालीगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका बासिन्दालाई सुविधा उपलब्ध गराइने भएको हो । उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एकवर्षभित्र सो आयोजना निर्माणका सम्पूर्ण काम सकी पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिसेकेण्ड ४० लिटर पानी तान्ने क्षमतासहितको सो आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ । हाल तानसेनमा पाँच दिनमा एक घण्टा खानेपानी वितरण हुँदै आएको छ । कालीगण्डकी लिफ्टबाट दैनिक १८ घण्टा पम्प सञ्चालन गर्दा २४ लाख लिटर पानी तानसेनको बतासेडाँडामा आउनेछ । हाल तानसेनमा…

Read More

काठमाडौँ: राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४÷७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए । उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार ११९ जना र पोशाक नलगाउने ५४९ जना रहेका छन् । कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समय पालना नगर्ने र…

Read More

काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रभावशाली नेताहरुका क्षेत्रमा विकास गरेर मात्र मुलुकको समृद्ध हासिल नहुने भन्दै प्रदेश नं २ बजेट विनियोजन गर्दा पूर्वग्राही देखिएको आरोप लगाउनुभयो । उहाँले तराईमा सिँचाइ र डुबानको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै समयमै सम्बोधन गर्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले सुरक्षा क्षेत्रमा पुनःसंरचनाको आवश्यकता आँैल्याउँदै सुरक्षा चुस्त र…

Read More

काठमाडौं: धितोपत्र दलाल ब्यवसायी अर्थात सेयर ब्रोकरहरुलाई नेपाल राष्ट्र बैंकले सेयर दलालहरुलाई मार्जिन लेण्डिङको सुबिधा दिन लागेको छ । यसो भएमा अव उपरान्त सेयर खरिद गर्ने ब्यक्ति वा संस्थालाई सेयर खरिदका सेयर दलालले ऋण दिन पाउने छन् । तर यसअघि धितोपत्र बोर्डले ब्रोकरहरुलाई मार्जिन ट्रेडिङको सुविधा मात्रै दिने ब्यवस्था गरेको थियो । राष्ट्र बैंकका प्रबक्ता नारयण पौडेलका अनुसार ब्रोकरले सेयर किन्नको लागि ऋण दिन पाउने नीतिगत ब्यवस्था गर्न लागिएको छ । यता राष्ट्र बैंक नियमानुसार भने कुनै कम्पनी, फर्म, संस्था वा निकायले निक्षेप संकलन गर्न वा ऋण दिनको लागि राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुन्छ । ‘ब्रोकरले सेयर किन्न ऋण दिन…

Read More

निझनिय नोभगोरोड, रूस: आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ । इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गर्नुभयो भने दुई गोल जोन स्टोनले गर्नुभएको छ भने एक गोल जेसी लिङगार्डले गर्नुभयो । इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गर्नुभएको थियो भने लिङगार्डले ३६ औँ मिनेटमा गोल गर्नुभएको थियो । पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गर्नुभएको…

Read More

चितवन: नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् । क्रान्तिकारीका जिल्ला सचिव दर्पणद्वारा जारी विज्ञप्तिमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको…

Read More

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा जिल्लाको गण्डकी गांउपालिका वडा नः ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावित जनसमुदायका लागि स्वास्थ्य शिविर कार्यक्रम शनिबार संचालन गरेको छ । सो कार्यक्रमको उद्घाटन गर्दै बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउदै आईरहेको र भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो । स्थानीय जनसमुदायको भव्य…

Read More

रियाद: साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका हुन् । महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचार संस्थाले यसअघि नै जनाएको थियो । साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र अब यही आइतबारबाट नै उनीहरुले यस्तो अधिकार पाएका जनाएको छ । महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग…

Read More