Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत: कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि आज भएको दफावार छलफलमा प्रदेशसभा सदस्यहरूले नीति, कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको टिप्पणी गरेका हुन् । छलफलका क्रममा सभाका सदस्य अमरबहादुर थापाले कर्णाली प्रदेश सरकारले सुझावको उपेक्षा गरेको भन्दै कार्यशैली सुधार गर्न आग्रह गरे । “बजेट भाषण र रातो किताबको तालमेल भएन, बजेटले बोलेका कुरा रातो किताबमा आएनन्, सीमित व्यक्तिका खल्तीबाट योजना आए” उनले…

Read More

काठमाडौँ: नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन तयार गरेको छ । सो साझा प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने समूहका सदस्य डा राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै नयाँदिल्लीमा इपिजीको आठाँै बैठक बसेको थियो । बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा छलफल भएको थियो । यही असार २० गते इपिजीको समयसीमा…

Read More

काठमाडौँ: नकाउट चरणको दोश्रो बिश्वकप फुटबलमा गयराती भएको खेलमा उरुगेले पोर्चुगललाई २-१ गोल अन्तरले पाखा लगाउंदै पोर्चुगललाई घरको बाटो देखाएका छन् । खेलमा उरुग्गेका एडिन्सन काभानी नायक बन्दा र यता पोर्चुगलका रोनाल्डो चम्कन नसक्दा खेल उरुग्गेले २-१ ले जितेको हो । जित संगै उरुग्गेको भेट अव फ्रान्ससंग क्वाटरफाइनलमा हुने भएको छ । पोर्चुगलका लागि पेपेले मध्यान्तर पछि पाएको कर्नरमा फ्री-किक मार्फत गोल गरेका थिए । उरुग्गेका लागि काभानीले खेलको ७ औं र ६१ मिनेटमा गोल गरेका थिए ।

Read More

जारी विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससंग ४—३ गोलले पराजित भएको छ । एन्टोनियो ग्रिजमेनको पेनाल्टी मार्फत अग्रता पाएको फ्रान्सका लागि एम्बापेले गरेको दुइ गोलले अर्जेन्टिनामाथि जीत प्राप्त गर्न सहज भयो । जीतसंगै फ्रान्सले विश्वकपको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

Read More

काठमाडौँ: चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकमा गरिएको संशोधन लगायतमा बिरोध जनाउंदै प्राध्यापक डाक्टर गोविन्द केसीले जुम्लामै आमरण अनसन सुरु गरेका छन् । उनले अनशन शुरु गर्दै ७ बुँदे लगायतका माग राखेका छन् । प्रहरी धरपकडकाबीच डा. केसीले अनशन शुरु गरेका हुन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गरेका थिए तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन । निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको थियो । डा. केसीले प्रहरी हिरासतमै २ बजे अनसन थाले । अहिले प्रहरीले कभर्ड हलमा पुर्‍याएको छ र डा. केसी त्यही अनसनरत…

Read More

काठमाडौँ: सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको छातमा रहेको हेलिप्याडमा अवतरणको क्रममा दुर्घटनामा परेको छ विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर अस्पताल भवनको छतमा रहेको हेलिप्याडबाट खसेको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन । घटना पछि पत्रकार सम्मेलनमा बोल्दै डा. चक्रराज पाण्डेले भने हेलिकोप्टर विहान चरिकोटबाट विरामी लिएर आएको थियो र भरतपुरमा विरामी लिन जानु पर्ने भएपछि विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गर्ने क्रममा दुर्घता भएको हो । उनले भने हेलिकप्टरले एक फन्को मार्यो लगतै आफैं घुमेर छतमा खसेको हो । होलिकोप्टरका चालक सकुशल रहेको अस्पतालले जनाएको छ ।

Read More

काठमाडौँ: सरकारले पुरानो राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश- २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार गरी नयाँ ल्याउने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो । सो अध्यादेश क्याबिनेटले संसदमा दर्ता गर्न भने बाँकी छ । चुनावअघि नै चिकित्सा शिक्षा विधेयक तयार भएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा त्यसबेला अध्यादेश ल्याइयो । उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्रै सम्बन्धन दिन पाउने, नर्सिङ कलेजको लाइसेन्स चिकित्सा शिक्षा आयोगले दिने, मेडिकल कलेजको आफ्नै अस्पताल ३ वर्ष सञ्चालन भएको हुनुपर्ने अध्यादेशका मुख्य बुँदा थिए । तर, प्रतिस्थापन…

Read More

काठमाडौँ: बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइसमेत गरेका थिए । मन्त्री अधिकारीले दुई शहरलाई धार्मिक तथा पर्यटकीय रुपमा जोड्ने तथा उडानले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई समेत सहयोग मिल्ने बताए । नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वागत गर्नुभयो । बुद्ध एयरले दुवै शहरका लागि विभिन्न…

Read More

काठमाडौँ: राष्ट्रिय धान दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम सहित धान रोपेर मनाईएको छ ।खेतखेतमा बाजागाजा सहित कार्यक्रम गरेर सरकारका मन्त्री, कर्मचारी तथा किसनहरुले धान रोपेर १५ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएका हुन् । बिदेशी तथा किसनहरुले एक आपसमा हिलो खेलर रमाईलो गरि मजा लिएका छन् । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गरेका छन् । युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले धान रोपेका हुन् । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले आफू पनि कृषकको छोरा भएकाले यस्तो रोपाइँमा पहिले धेरै पटक सहभागी…

Read More

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशलाई विकासको गतिमा लैजान सरकारले नीति बनाएर अगाडि बढेको बताएका छन्। धान दिवसका अवसरमा युवा संघ नेपाल र वाइसिएल नेपालले आज सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा संयुक्तरुपमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार विकासको गतिमा कहीँकतै नरोकिने बताए । महासचिव पौडेलले भने – “अहिलेको सरकारले हिजो यस्तो भयो भनेर गीत गाएर बस्दैन, विकासको खाकासहित नीति तथा योजना अगाडि लिएर जान्छ ।” सरकारले देशमा कृषि उत्पादनमा अत्यधिक वृद्धि गरेर लैजाने नीति अघि सारेको बताउँदै कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण गर्ने, प्रांगारिक मलको विकास गर्ने, विषादीको अन्त्य गर्दै लैजाने गरी कार्यक्रम…

Read More