काठमाडौँ: साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ८८ अंकले बढेर अन्तिम दिन १ हजार २२४ दशमलब ४१ अंकमा पुगेको छ ।
यस साता उतपादन मूलक समूह बाहेक सबै समूहको परिसूचक वृद्धि आएको छ । बाणिज्य बैंक समूहको परिसूचक २९ दशमलब ८९ अंकले, विकास बैंक ५४ दशमलब ७५ अंकले, बित्त ८ दशमलब ७७ अंकले र लघुवित्त ८३ दशमलब ८८ अंकले बढेको छ ।
त्यसैगरी, होटल समूहको परिसूचकमा ८८ दशमलब २२ अंकको, जलबिधुत ४१ दशमलब ५४ अंकको, बिमा ३ सय ३३ दशमलब १८ अंकको र अन्य समूहको परिसूचकमा १२ दशमलब ०९ अंकको सुधार आएको छ ।
उत्पादन मूलक समूहमा भने ९ दशमलब १७ अंकको गिरावट आएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजर २८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
कारोबार रकम गत साताको भन्दा २८ दशमलब ३९ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५ हजार ८४८ कारोबारबाट एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब ३४ अंकले
बढेर २५७ दशमलब ४६ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (सात करोड ४२ लाख ३० हजार रुपैयाँ) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ५५ हजार कित्ता) को आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६४१ वटा) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्प्नी लिमिटेड अग्रस्थानमा रहेको छ ।