Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: विहिबार राति सम्पन्न अन्तिम क्वालिफाइङ खेलमा बेल्जियमले इंग्ल्याण्डलाई हराएसँगै पहिलो चरणको विश्वकप फुटबल खेल शनिवारबात नकआउट चरणमा प्रवेश गर्दै छ । नकआउट चरणमा को-को भिड्दै छन् ? प्री-क्वार्टरफाइनलको पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हनेछ भने अन्तिम खेल कोलम्बिया र इंग्ल्याण्डको हुनेछ । शनिबार फ्रान्स VS अर्नेन्टिना उरुग्वे VS पोर्चुगल आइतबार स्पेन VS रसिया क्रोएसिया VS डेनर्माक सोमबार ब्राजिल VS मेक्सिको बेल्जियम VS जापान मंगलबार स्वीडेन VS स्वीट्जरल्याण्ड कोलम्बिया VS इग्ल्याण्ड
सल्लेरी, सोलुखुम्बु: सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए । रासस
रौतहट: जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो । दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । प्रहरीको गोली लागेर घाइतेभएका निजलाई उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए । घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार…
काठमाडौँ: ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरे ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो । कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आईरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्याधिक पाईएको छ । कार्यालयले लुभु, भैँसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनारा, पोखरी, ट्यांकीलगायत १० खानेपानी आयोजनाअन्र्तगतका विभिन्न ठाउँमा गरेको खानेपा गुणस्तर पानी नमुना परक्षणबाट यस्तो पत्ता लागेको हो । कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । यसअघि गरिएको परीक्षणमा ८४ प्रतिशत कोलिफर्म भेटिएको थियो । कान्तिपुर दैनिकबाट
काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साँढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमाथि छाविन गरिरहेको सरकारी अनुशन्धान समितिबारे आफुले कुनै किसिमको विचार र वक्तब्य राख्न नमिल्ने टिप्पणी गरेका छन् । सरकारी अनुशन्धान समिति एक सरकारको स्वतन्त्र र अधिकारप्राप्त समिति भएकोले आफुले सो समितिले गरेको कुनै पनि अनुशन्धान पद्दतिमाथि प्रश्न र टिका टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् । नेपाल प्रहरी प्रमुखको जिम्मेवारी सम्म्हालेको दुई महिना १५ दिन जतिमा पहिलो पटक प्रहरी मुख्यालयमा विहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो विचार ब्यक्त गरेका हुन् । प्रहरी भित्रैबाट राम्रा र स्वच्छ छवि भनिएका प्रहरी अधिकारीहरु नै सुन काण्डमा मुछिएको पत्रकारको…
काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराधको रोकथाम प्रहरीको प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रहरी महानिरीक्षक भएपछि आज प्रहरी प्रधान कार्यालयमा पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रहरीको संघीय रुपान्तरण र गृह प्रशासन सुधार कार्ययोजनालाई प्रहरीले प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । “गृह मन्त्रालयले जारी गरेको गृह प्रशासन सुधार कार्ययोजनालाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको छ”, उनले भने । महानिरीक्षक खनालले आफू महानिरीक्षक बनेपछि नक्कली नोट कारोवारी, बाल यौन दुराचार गर्ने विदेशी नागरिक र इन्टरपोलमार्फत नोटिस जारी गरी विभिन्न व्यक्ति पक्राउ, मानव बेचबिखनकर्तालाई नियन्त्रण, लागुऔषध कारोवारीलाई पक्राउ लगायत उल्लेख्य काम गरेको बताए । “लामो समयदेखि…
काठमाडौँ : यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ । आज पनि देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ । आज साँझ र रातितिर काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट…
काठमाडौँ : काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ । आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनका अनुसार विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा पनि भइसकेको छ । क्षमा पूजा कुनै कार्य शुरु गर्नुपूर्व गरिने र निर्माणको अवधिभरि कुनै किसिमको समस्या नआओस् भनेर गरिने पूजा हो । परीक्षणमा पठाइएको माटो र…
काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् । सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन आयोजनाको कार्यान्वयनमा अवरोध नआओस् भनेर सरकारको ध्यानाकर्षण गराउन आएको आफूले बुझेको बताए । उनले भने, “यसले विनियोजनमाथिको छलफललाई अवरोध होइन बरु थप सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छु ।” सरकारका सामु असंख्य योजना र सीमित स्रोतसाधन रहेकाले आयोजनामा बजेट कम हुने गरेको बताउँदै अर्थमन्त्री खतिवडाले निर्माणाधीन ठूलो आयोजना केन्द्रले र मझौला तथा साना योजना तत् प्रदेशमा प्रदेश तथा स्थानीय तहले गर्नुपर्नेमा सरकार…
काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिए । “नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बीमा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ”,…