Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । ‘‘कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्नका लागि हामी प्रयासरत रहेका छौ’, उनले भने, ‘‘यदि कार्यदलमा सहमति हुन नसके हामी पार्टी नेतृत्वबाट नै सहमति गर्नेछौँ ।’’दुवै संगठनले नेतृत्वका लागि दावी गरिरहेका छन् । उनले आगामी भदौ ५ गते एकता गर्ने गरी कार्यदलको प्रतिवेदन शुक्रबार पार्टी महासचिवलाई बुझाइने बताए । उनका अनुसार संगठनको नाम युवा कम्युनिष्ट…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गरेका छन् । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण गरेका हुन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै रहेको भवनमा पुगेर मन्त्री पुनले त्यहाको काम–कार्वाहीबारे जानकारी लिनुका साथै विभागका कर्मचारीसंग अन्र्तक्रिया समेत गरेका थिए । उक्त विभागमा मन्त्रीको भ्रमण भएको यो पहिलो पटक हो । भ्रमणका क्रममा उंनले मुस्ताङको जोमसोम र हुम्लाको सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए । यसअघि देशका ५ विकास क्षेत्रमा पूर्वानुमान शाखा रहेका थिए । यसको क्षेत्र विस्तार गर्दै निजी र व्यवसायीक…

Read More

काठमाडौं: प्लस टु तथा ब्याचलर नेपाली विद्यार्थीलाइ लक्षित गर्दै काठमाडौं ड्रि डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेसन फेयर हुने भएको छ । ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा आगामी साउन २६ गते सोह्रखट्टेस्थित भिएस कम्प्लेक्समा एजुकेसन फेयर हुने भएको हो । एक दिने शैक्षिक मेलामा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिको सहभागिता रहनुका साथै प्रत्यक्ष संवादसमेत गर्न सकिने आयोजक संस्थाका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले बताएका छन् । मेलामा इच्छुक विद्यार्थी तथा अभिभावकले आफ्नो योग्यता तथा क्षमताअनुसार अस्ट्रेलिया र अमेरिकाको शिक्षा प्रणाली, भिसा प्रक्रिया, छात्रवृत्ति, लागतका विषयमा निःशुल्क परामर्श लिन सक्ने बताइएको छ । मेलामा अष्ट्रेलियमा गुणस्तरीय शिक्षा प्रदान…

Read More

काठमाडौँ: विश्वभरिका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा) को ५९ औ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एसियामा हुन लागेको हो भने यसको आतिथ्यको अवसर नेपालले पाएको हो । सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९ औं कंग्रेस नेपालका आयोजना हुने लागेको हो । सन् २०१८ को ५८ औं कंग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्यान्डको लुजानस्थित इएचएल स्थापनाको १२५ औं वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने र सन् २०१९को कंग्रेस नेपालमा आयोजना…

Read More

चितवन : भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् । गएको वैशाख यता छ वटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नगद र गरगहना चोरी गरेको अभियोगमा मकवानपुर घर भई नवलपुरको गैँडाकोटमा व्यवसाय गर्दै आएकी ३२ वर्षिया शोभा विकलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी विकसँग सुन खरिद गरेका काठमाडौँ ओमबहालका सानुरत्न शाक्य र रश्मी ज्वेलर्स संगमचोक नारायणगढका लेखबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाले वैशाख १२ गतेदेखि…

Read More

काठमाडौँ: एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ । थाइल्याण्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसिया जानेछ । नेपाली राष्ट्रिय यु–२३ टोली साउन १८ गते थाइल्याण्ड गएको हो । नेपाल एसियन गेम्समा समूह डीमा छ । नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समूहमा छन् । एसियाड भदौ २ गते औपचारिक रुपमा शुरु भए पनि फुटबलतर्फको प्रतिस्पर्धा साउन…

Read More

काठमाडौँ: सेयर बजार परिसूचक नेप्से मंगलबार एक दशमलब ४६ अंकले घटेर १ हजार १८८ दशमलब २१ अंक कायम भएको छ । आइतबार नेप्से आज एक दशमलब ४३ अंक र सोमबार शुन्य दशमलब २१ अंकले घटेको थियो । आजको कारोबारमा सबैभन्दा जीवन बीमा ३९ दशमलब ८३ अंक, उत्पादन मूलक समूह २५ दशमलब ४२ अंक र लघुवित्त १० दशमलब ८१ अंकले घटेका छन् । यधपी, होटल, निर्जिबन बीमा र अन्य सामूहको परिसूचक क्रमश: ३२ दशमलब ३४ अंक, ११ दशमलब ०५ अंक र २ दशमलब ४१ अंकले बढेका छन् नेप्से परिसूचक घटेपनि कारोबार रकम सोमबारको तुलनामा आज बढेको छ । आज नेपाल स्टक एक्सचेन्जमा…

Read More

काठमाडौँ: ‘नेपाल भ्रमण वर्ष’ २०२० प्रर्वद्धन हेतु शनिबार बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो । करिब १२ किलोमिटर लामो पैदलयात्रालाई ‘नेपालका लागि संगसंगै पाईला चालांै’ नारा दिइएको थियो । वि विल राइज फाउन्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेयता विदेशमा रहने नेपालीहरुको प्रयासमा भएको यो सम्भवतः पहिलो कार्यक्रम थियो । बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदी ले माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गर्दै…

Read More

काठमाडौँ: हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ । समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पु¥याउनुभएकी अधिवक्ता मीरा ढुंगानाले…

Read More

तनहुँ: जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ । विसं २०५२ मा उक्त नहरको पानी ल्याएर ताले फाँटमा रोपाइँ गरिए पनि त्यसपछि पहिरोले नहरमा क्षति पु¥याएकाले अत्त्रौली पुट्टार सिँचाइ उप—आयोजनाले २३ वर्षपछि करीब १८ किलोमिटर टाढा डुम्रेबेँसीस्थित मैदीखोलको पानी बाँधबाँधेर पानी ल्याएपछि उक्त फाँटमा रोपाइँ गरिएको हो । अहिले उक्त क्षेत्रमा पर्ने करीब २०० हेक्टर क्षेत्रफलमध्ये डेढसय हेक्टर भन्दा बढी जमीनमा रोपाइँ भइसकेको छ । स्थानीय खोलाको पानी निकै कम भएकाले रोपाइँ गर्न कठिनाइ भएपछि उक्त नहरको पानी मिसाएर रोपाइँ गर्न पाएकामा कृषकमा खुशीयाली छाएको अत्त्रौली…

Read More