Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: उतारचढाबका बीच आज पनि सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से शुन्य दशमलब २१ अंकले घटेर १ हजार १८९ दशमलब 67 अंकमा पुगेको छ । आइतबार नेप्से आज एक दशमलब ४३ अंकले घटेर १ हजार १८९ दशमलब ८८ अंकमा कायम रहेको थियो । आजको कारोबारमा सबैभन्दा जीवन बीमा १६ दशमलब ७३ अंक, होटल ६ दशमलब ०३ अंक र विकास बैंदशमलब ९८ अंकले घटेका छन् । यधपी, लघुवित्त समूहको परिसूचक ६ दशमलब ३६ अंकले , व्यापार समूह २ दशमलब ११ अंक र बाणिज्य बैंक सामूहको परिसूचक एक दशमलब २३ अंकले बढेको छ । नेप्से परिसूचक घटेपनि कारोबार…

Read More

काठमाडौँ: हिजो साँझदेखि अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या भएको थाहापाएपछि प्रहरीले अपहरणकारीलाई इन्काउन्टरमा हत्या गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको, महाशाखा प्रमुख धिरजप्रताप सिंहले पहिलोक्लिकलाई जानकारी दिए। सिंहका अनुसार घटनास्थलबाट प्रहरीको टोलीले एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग गरिएको मोबाइल फोन बरामद गरिएको छ । खड्का आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित बालक खड्काको हत्या भएको थियो। प्रहरीले ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । उनको शव सोमबार दिउँसो १२ बजे बरामद गरेको उनले बताए ।…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालय मातहतका सम्पूर्ण बिभाग, कार्यालय, संस्थान र प्राधिकरणका प्रमुख आफैले गरेको निर्णय कार्यान्वयन नहुने गरी अनि कारवाही पनि आफैले खाने गरी काम नगर्न आदेश दिएका छन् । सञ्चार बाँस्कोटाले आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७५/७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको सार्वजनिक गर्दै उनले सो धारणा राखेका हुन् । उनले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन समेत दिएका छन् मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेकामा जोड दिए । मन्त्रालयले…

Read More

रत्ननगर :चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोश भएका अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन । बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी…

Read More

काठमाडौँ: गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको व्यापार घाटा झन्डै १२ खर्ब पुगेको छ । गत आर्थिक वर्षमा नेपालबाट ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १२ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा नेपालको ब्यापार घाटा २७ दशमलब ५३ प्रतिशतले वृद्धि भई ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात २६ दशमलब ३१ प्रतिशतले र निर्यात ११ दशमलब १७ प्रतिशतले बृद्दि भएको छ ।आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब बराबरको…

Read More

काठमाडौं: तीन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा सोमबार भने सामान्य बृद्धि भएको छ । सोमबार सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ थियो । तेजावी सुन भने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलि सोमबार स्वदेश फर्किएको छ । राष्ट्रिय टोलि इङ्ग्ल्याण्डको लार्ड्स र नेदरल्यान्ड्समा भएको दुई एक दिवशीय क्रिकेट खेलेर आज नेपाल फर्किएको हो । नेपाल र नेदरल्यान्ड्सबीच भएको खेल एक एकको बराबरीको शृंखला बराबरीमा सकिएको थियो । नेपालको पहिलो एक दिवशीय खेल खेलको नेपालले आफ्नो सुखद अन्त्य गर्दै नेपाल फर्किएको हो । तस्बिर: विकास श्रेष्ठ नेपालभन्दा राम्रो स्थानमा रहेको नेदरल्यान्ड्सलाई नेपालले राम्रो चुनौती दिंदै नेपाल पनि कुनै कम नरहेको दावेदारी प्रस्तुत गरेको हो । टोलिमा सन्दीप लामिछाने भने नेपाल फर्किएका छैनन् । उनी क्यारीवियन लिग क्रिकेट खेल्न उतैबाट वेस्ट इन्डिज गएका छन् ।

Read More

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ । पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताए । गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान उपलब्ध गराउने निर्णय भएको अध्यक्ष लिम्बूको भनाइ…

Read More

वाशिङटन डिसी: अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको लागि आग्रह गरेका हुन् । “तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौँ” अर्थमन्त्री डा खतिवडाले भने, “हामी देश समृद्ध बनाउने अभियानमा छौँ, तसर्थ लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागेका छौँ ।” उनले सरकारले समाजवादको अन्तिम…

Read More

काठमाडौँ: सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो । आजको कान्तिपुर दैनिकमा छपिएको समाचार अनुसार १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ। संविधानको धारा ३३ मा उल्लिखित रोजगारीको हकको व्यवस्था कार्यान्यनन गर्न यो विधेयक बनाइएको हो। संविधानलेप्रत्येक नागरिकलाई रोजगारीको हक हुने प्रत्याभूत गरेको छ। रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने संवैधानिक व्यवस्थाअनुसार नै सरकारले कानुन बनाउन लागेको हो।

Read More