काठमाडौँ: उतारचढाबका बीच आज पनि सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से शुन्य दशमलब २१ अंकले घटेर १ हजार १८९ दशमलब 67 अंकमा पुगेको छ ।
आइतबार नेप्से आज एक दशमलब ४३ अंकले घटेर १ हजार १८९ दशमलब ८८ अंकमा कायम रहेको थियो ।
आजको कारोबारमा सबैभन्दा जीवन बीमा १६ दशमलब ७३ अंक, होटल ६ दशमलब ०३ अंक र विकास बैंदशमलब ९८ अंकले घटेका छन् ।
यधपी, लघुवित्त समूहको परिसूचक ६ दशमलब ३६ अंकले , व्यापार समूह २ दशमलब ११ अंक र बाणिज्य बैंक सामूहको परिसूचक एक दशमलब २३ अंकले बढेको छ ।
नेप्से परिसूचक घटेपनि कारोबार रकम आइतबारको तुलनामा आज बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १४८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २ हजार ८७४ कारोबारबाट १९ करोड १७ लाख ४८ हजार १२० रुपैयाँ बराबरका ७ लाख ९० हजार ७३४ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आइतबार नेप्सेमा १६० कम्पनीहरुको २ हजार ९८९ कारोबारबाट १६ करोड ७० लाख ४९ हजार ६८७ रुपैयाँ बराबरका ५ लाख ९७ हजार ५९७ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।